• रणध्वज लोहार 

धरान । सुनसरीको रामधुनी नगरपालिकाले नगरपालिकाले नगरवासीको हितका लागि करको दर घटाएर र दायरालाई विस्तार गरि  जनमुखी कर निर्धारण गरेको छ । 

नगरपालिकाले जारी गरेको अर्थ सम्वन्धी २०८० को ऐन मार्फत जनमुखी कर वनाएको नगरपालिकाले जनाएको छ । स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने  तथा संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधान धारा २२८ बमोजिम चौथो नगरसभाद्धारा पारित गरि जनमुखी कर निर्धारण गरेको हो । 

सम्पत्ती कर र भुमिकर(मालपोत) बाहेक अन्य करको हकमा त्यसको दायरा समेत घटाएको रामधुनी नगरपालिकाका राजस्व प्रमुख सुबोध निरौलाले बताउनु भएको छ । 

उहाँले भन्नु भयो, ‘सम्पती र मालपोत कर बाहेक नगरवासीको लागि करको दर घटाएर र दायरालाई विस्तार गरि  विगतको भन्दा जनतालाई कर तिरेको आवास पनि नहुने र समग्र नगरपालिकाको राजस्वको आम्दानीमा पनि कमी नहुने गरि जनमुखी कर निर्धारण गरिएको हो ।¬’

जनप्रतिनिधीहरु आए पछि जनतालाई स्थानीय सरकारको प्रत्याभुति दिलाउनको लागि नगरपालिकाले नगरवासीको सहजतामा काम गर्दै आएको छ । 

२०७८ को स्थानीय तहको चुनाव मार्फत रामधुनी नगरपालिकाको नगर प्रमुख शंकरलाल चौधरी र उप प्रमुख तारा थापा रहनु भएको छ । 

राजस्व वृद्धि 

उक्त नगरपालिकाले करको दायरालाई घटाए पनि राजस्वमा भने वर्षेनी वृद्धि गरेको छ ।  आर्थिक वष २०७९।८० मा साढे  ५ करोड राजस्व संकलन गरेको राजस्व शाखाले जनाएको छ । तर आर्थिक बर्ष २०७८ ।०७९  मा भने साढे तीन करोड मात्रै राजस्व संकलन भएको थियो । यो करको दायरालाई जनमुखी वनाउनको लागि घटाएको छ तर नगरपालिकाको राजस्व संकलन भने वर्षेनी बढ्दो देखिएको छ । नगरपालिकाले नगरवासीको लागि कर तिरेको अनुभति पनि नहुने र राजस्व संकलनमा पनि कमी नआउने गरि ऐन वनाएर काम गरेको हो । 

मोबाइलबाटै कर तिर्न व्यवस्थाको तयारी 

सुनसरीको रामधुनी नगरपालिकाले नगरवासीको सहजताको निम्ति अव मोबाइलबाटै कर तिर्न सक्ने प्रणाली वनाउने भएको छ । नगरपालिकाले त्यसका लागि ‘रामधुनी नगरपालिका करदाता पोर्टल’ प्रणालीको लागि तयारी थालेको छ । 

करदाता पोर्टल तयारी पुरा भएपछि चाँडै नै घरमा बसी बसी मोबाइलबाट नै सेवा दिने तयारी रहेको राजस्व प्रमुख सुवोध निरौलाले बताउनु भएको छ । उहाँले भन्नु भयो,रामधुनीले पहिलो पटक प्रविधीलाई सद्पयोग गरि करदाता पोर्टल वनाउँदैछौ,जस्ले गर्दा नगरवासीले नगरपालिका धाइरहनु पर्ने वाध्यताबाट मुक्त हुने छन् ।’