फत्तेपुर  / संविधान दिवसको अवसमारमा सप्तकोशी नगरपालिका फत्तेपुरमा नगरस्तरिय व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । 

बुधबार त्रियुगा स्पोर्टस् क्लवले आयोजना गरेको प्रतियोयोगिताको उद्घाटन सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालले गर्नु भएको थियो । 

प्रतियोगितामा ए डिभिजनबाट दिपककुमार खड्का र इन्द्र राईका् जोडी प्रथम हुनुभएको छ । अमर खवास र नवराज खत्रीको जोडी दोश्रो हुनुभएको छ । यस्तै वि डिभिजनबाट अजय श्रेष्ठ र आर्यन खड्का प्रथम र सम्शेर खड्का र अरुण कटवालको टिम दोश्रो भएको आयोजक क्लवले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई जिल्ला ब्याटमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले पुरस्कार वितरण गर्नु भएको प्रतियोगिता संयोजक खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।