काठमाडौँ । जापानमा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बिजुलेका रमेश पुरीको दुर्घटनामा मृत्यु भएको जनाइएको छ 

उनी एक वर्ष पहिले मात्रै अध्ययनका लागि जापान जानु भएको थियो  । तर पुरीको मंगलबार बिहान दुर्घटनामा परी मृत्यु भएको खबर आएको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्ष अर्जुनकुमार पुरीले जानकारी दिनु भएको छ । मृतक रमेश सोही वडाका पूर्व वडाध्यक्ष ज्ञानबहादुर पुरीका जेठा छोरा हुन् । पुरीका एक छोरा र एक छोरी छन् ।