काठमाडौं । सरकारले ल्याएको नयाँ शिक्षा विधेयक प्रति असन्तुष्टि जनाएको शिक्षकहरुको साझा संगठनले  शिक्षा मन्त्रालयद्धारा   आज  बोलाएको वार्ता अस्वीकार गरि वार्तामा कोही पनि गएनन् ।

शिक्षा,विज्ञान तथा प्रविधी मन्त्रालयले नेपाल शिक्षक महासंघलाई वार्ताको लागि आज अपरान्ह ३ वजे वार्ताको लागि आव्हान गरेको थियो ।  विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि असोज ३ गतेदेखि विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको नेतृत्वमा वार्ता समिति बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । 

वार्तामा जानुको कुनै औचित्य नभएको भन्दै अस्वीकार गरेको नेपाल  शिक्षक महासंघले जनाएको छ ।