मोरंग । मोरङको बिराटनगर महानगरपालिका वडा नं १७ मटेरुवाबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा  सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् । सोमबार मध्यान्ह १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १‍‍‍‍– ०२ –०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  छ ।