धरान । आज (मंगलबार ) धरान मेघा हिमालयन कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रका विद्यार्थीलाई एक कार्यक्रम वीच स्वागत सम्मान कार्यक्रम गरेको छ । 

2 7

धरान १५ स्थित चुम्लुम हिमको सभाहलमा कार्यक्रमको आयोजना गरेको हो । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कलेजका अध्यक्ष कैलाश आङदेम्वेका अनुसार नयाँ शैक्षिक सत्रको कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरुले स्वागत गर्ने परम्परा रहे अनुसार कलेजले एक औपाचारिक कार्यक्रम स्वागत सम्मान गरेको वताउनु भएको छ । 

4  3

उहाँले भन्नु भयो, ‘विद्यार्थीहरुबीच आत्मीयता र एक आपसमा चिनजान प्रगाढ वनाउनको लागि पनि स्वागत र सम्मान कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्दै आएको छ,सोही अनुरुप कलेजले विद्यार्थीको लागि कार्यक्रम निरन्तर गर्दै आइरहेका छौं ।’कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई स्वागत र सम्मानको लागि कक्षा १२ का विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्य र गायन सँगै विभिन्न कलाहरुको प्रस्तुती दिएर मनोरन्जन समेत गराएका थिए । कक्षा ११ का विद्यार्थीहरुले पनि गीत,नृत्य सहित मनोरन्जन गराए । 

कलेजका प्रिन्सिपल भाष्कर पौडेलले विद्यार्थीहरुको लागि मेघा कलेज धरानको लागि मात्रै नभएर कोशी प्रदेशकै उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा  सहित बिद्यार्थीकै रुची अनुसार अध्ययन अध्यापन गराइने भएकाले पनि रोजाईमा उत्कृष्ट वनेको पौडेलले वताउनु भएको छ । उक्त स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सु्नसरीका प्रमुख इन्सपेक्टर सुवास केसीलगायत धरान कलेजका सञ्चालक एवमु शिक्षक शिक्षिकाहरुको सहभागितामा भएको थियो ।