काठमाण्डौ । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ को महामारीका बेला २०७६ चैतदेखि काँकडभिट्टासहित नाका बन्द भएका थिए । तर अहिले नाका खुलेपनि काँकडभिट्टासँग जोडिएको पानीटङ्कीको अध्यागमन कार्यालयले भारतबाट पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बङ्गाल राज्यको अध्यागमन चेकपोस्ट रानीगन्जले सीमावर्ती पानीटङ्की नाकाबाट भुटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र ९ओसीआई० भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको उहाँले बताउनुभयो । विगतमा ठूलो सङ्ख्यामा तेस्रो देशबाट पर्यटक यो नाका भएर भित्रिने गर्थे तर अहिले चलहलपहल ठप्पप्रायः छ । बङ्गलादेश र अन्य तेस्रो देशका पर्यटक काठमाण्डौ हुँदै पूर्वी नेपाल घुम्न पुग्ने गरेका छन् ।

नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाइ छ । साथै उहाँले पर्यटकको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो ।