धरान । नेपाल रेडक्रस सुनसरीमा  २ वर्ष अघि गठित तदर्थ समिति विरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरे पछि तदर्थ समितिले नेतृत्वमा दावी गर्न थाले पछि विवाद शुरु भएको छ  । 

आइतबार रेडक्रस सभापति उमेश थापाले पत्रकार सम्मेलन गर्दै  आफुहरूकाे समिति बैधानिक भएकाे वताउनु भएको छ । तत्कालिन तदर्थ समितिका पदाधिकारीहरुले रिट खारेज भएको अदालतको आदेशको पुर्णपाठ आएपछि आइतबार रेडक्रसको धरान १ स्थित कार्यालमा आएर तदर्थ समितीले काम गर्न दिनु पर्ने माग सहित आएको थियो  ।  तर फैसालामा काम गर्न दिनु वा तदर्थ समितिकाे पुनवहालीकाे विषयमा केही भनिएकाे छैन् ।

तदर्थ समितिकाे अवधी त्यस वेला १ बर्निषकाे मात्र थियाे । रेडक्रसको निवार्चित वर्तमान कार्यसमितिले भने विघटनमा परेको पुरानो कार्यसमितिको रिट खारेज भए पनि निवार्चित नयाँ कार्यसमितिलाई काम गर्न रोक नलगाएको र तदर्थ समितिलाई काम गर्न दिनु भन्ने फैसलामा उल्लेख नभएको जनाएको छ । 

सम्मेलनमा  तदर्थ समितिको अवधि एक बर्षको मात्र हुने भएकोले समयावधि नै समाप्त भइसकेको तदर्थ समितिले दाबी गर्न वैधानिक नहुने सभापति उमेश थापाले वताउनु भएको छ । उहाँले भन्नु भयो, 'तदर्थ समितिविरुद्ध पुरानो कार्यसमितिले रिट दिएको र उक्त रिटमा अन्तरिम आदेश जारी भएपछि केन्द्रीय समितिको निर्देशन वमोजिम निर्वाचन भएर नयाँ कार्यसमिति गठन भएको  हो ।'

अदालतको फैसलामा उक्त नयाँ कार्यसमितिलाई काम गर्न नदिनु वा तदर्थ समितिलाई नै काम गर्न दिनु भन्ने आदेश पनि नभएकोले आफुहरुले छाड्न े कुरा नआउने उहाँकाे भनाई थियाे ।  सभापति थापाले निवार्चित नयाँ कार्यसमितिलाई पनि कार्य नगर्न भन्ने आदेश कही कतै भएको छैन र अदालतले नभनेसम्म पद पनि नछाड्ने बताउनु भएको छ । तदर्थ समितिका साथीहरूलाई गलत अफवाह नफैलाउन उहाँले आग्रह गर्नु भएकाे छ । 

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका १६ वटा जिल्ला शाखाहरु विघटन गरि तदर्थ समिति गठन भएको थियो । त्यस निर्णय विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो । उक्त रिटमा अल्पकालिन अन्तरिम आदेश जारी भएपछि विघटित कार्यसमिति पुर्नस्थापित भएको थियो र पुर्नस्थापना भएको समितिमा पनि सभापति उमेश थापाकै नेतृत्वमा रेडक्रस वनेको थियो ।

थापा नेतृत्वको कार्यकाल सकिएको थिइन र  अन्तरिम आदेशले तदर्थ समितिलाई काम गर्न रोक लगाएपछि केन्द्रले निर्वाचन अधिकारी पठाएर २०७८ पुष ५ गते रेडक्रस सुनसरीको निर्वाचन गराएको थियो । उक्त निर्वाचनले उमेश थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको  हो ।  उक्त समितिकाे पदावधी पनि यही माघमा सकिदैछ ।