धरान । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक शनिवार, पाक्षिक रुपमा आयोजना गर्दै आईरहेको सामाजिक स्थास्थ्य क्लिनिकको ४५ औं संस्करण सम्पन्न भएको छ ।

धरान मोडल कलेजमा आयोजित उक्त कार्यक्रममा बिरामीहरुको मुटुमा लगाईएको पेसमेकरको अवस्थाको जाँच समेत निःशुल्क रुपमा गरिएको थियो । मुटुमा लगाईएको पेस मेकरको ब्याट्रीको अवस्था, धड्कनको अवस्था र त्यसको अवधिको बारेमा जानकारी दिईएको डा. प्रशान्त शाहले बताउनु भएको छ  ।

2

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहद्वारा परिक्षण गरिएको उक्त शिविरमा विशेषगरि मुटु, मधुमेह र उच्च रक्तचापका विरामीहरुको स्वास्थ्य परिक्षण गरिन्छ । विगत २ वर्षभन्दा अघिदेखि यो कार्यक्रम सञ्चालन गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताउनु भयो  ।

“विशेषगरि ७० वर्षभन्दा माथिका बुवाआमाहरुका लागि आयोजना गरिएको यो कार्यक्रमको ४५ औं संस्करण समेत सम्पन्न गरिसक्यौ” बरालले भने । बरालका अनुसार झापागाउँपालिका, बराहक्षेत्र, इनरुवा र धरानका विभिन्न वडाहरुमा समेत यो कार्यक्रम आयोजना भईसकेको छ । 

5

त्रिभुवन बराललको संयोकजत्वमा आयोजित यस कार्यक्रममा निःशुल्क सुगर परिक्षण र औषधी वितरण समेत निःशुल्क रुपमा गरिएको थियो  । मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य लगायतका अभियन्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्टाफ नर्स श्वेता भण्डारीले मधुमेह र ब्लड प्रेसर जाँच गर्न भएको थियो यस कार्यक्रमबाट विशेष गरि जेष्ठ नागरिकहरुलाई निक्कै नै सहज भएको सञ्चारकर्मी प्रदीप मेन्याङ्गवोले बताउनु भएको छ ।

आफ्ना बुवाको स्वास्थ्य परिक्षण गर्न आउनु भएका मेन्याङ्गवाले परिवर्तनका लागि सामाजिक अभियान वास्तविक रुपमै सामाजिक कार्य गर्ने संस्था रहेको बताउँदै अभियान र अभियन्ताहरुप्रति आभार व्यक्त गर्न भयो ।