धरान ।सुनसरीको धरानमा यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरिएको छ । 

विहीबार  यामाहाको आधिकारिक विक्रेता  विजयपुर ट्रेडर्सले धरानले एक कार्यक्रम गरि यामाहा FZ-S FI V3 को नयाँ  मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।सुनसरी जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रहरी निरिक्षक सुरज केसि र ट्रेडर्सका प्रबन्ध निर्देशक प्रभाव खतिवडाले  उक्त मोटरसाइकल सार्वजनिक गर्नु भएको  थियो । 

2   6

उक्त मोटरसाइकलको मुल्य  मुल्य ४ लाख ४ हजार ९०० रहेको प्रवन्ध निर्देशक खतिवडाले वताउनु भएको छ  ।उहाँको अनुसार नया बाईक ँFZ-S FI V3मेटालिक ग्रे र नेभी ब्लुको नयाँ रङहरूमा उपलब्ध रहेको तथा नयाँ ब्याकलाइट डिजाइन  साथै सौन्दर्यमा आधुनिक र स्टाइलिश तत्व थपेको ट्रडर्सका प्रवन्ध निर्देशक खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ  ।

उत्कृष्ट ह्यान्डलिंग र मस्कुलर डिजाइनका लागि प्रतिष्ठित रहेको जानकारि दिदै कम्पनीका अमीत कुमार झाले भने फ्युल इन्जेक्शन १४९ सीसी सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित भर्सन ३० मा एयरकूल्ड फोर स्ट्रोक १४९ सीसी, दुई भल्भ, एकल, सिलिन्डर ईन्धन र  इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ,जुन रोकिएको अवस्थाबाट उच्च गतिमा जाँदाको अनुभूति र ओभरटेक गर्दाको रमाईलो अनुभूतिलाई थप रोमान्चक गर्न अद्यावधिक रहेको  वताउनु भयो ।