धरान । जेनिथ इङ्लिस  बोर्डिङ स्कुल धरान –१६ ले राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार बाल साँगितिक कार्यक्रमको आयोजना गरेको छ ।  बाल दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको स्कुलका डाइरेक्टर सुमन जबेगुले बताउनु भएको छ । 

2  5

बालबालिकाले साँगितिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य तथा गीत प्रस्तुत गरेर बाल दिवस मनाएका थिए । स्कुलका डाईरेक्टर जबेगुले भन्नु भयो,‘बालबालिकाको विशेष दिन हो,यो दिनमा सम्पुर्ण विद्यार्थीहरुको प्रतिभाहरु प्रस्फुटनको लागि पनि सांगितिक कार्यक्रमको आयोजना गरिएको हो । 

जेनिथ इंग्लिस स्कुल धरान १६ धरानको पुरानो स्कुल हो । यो स्कुलले विद्यार्थीहरुको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।आज बाल दिवसको अवसरमा देशैभर कार्यक्रम मनाईँदैछ ।