धरान  /  कुसे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर धरानस्थित आइडियल इङ्लिस बोर्डिङ स्कुलकाे कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुविच बुबाको मुख हेर्ने कार्यक्रम गरेको छ । 

विहीबार औपचारिक कार्यक्रमको आयोजना गरि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका बुबाहरु भेला गरि केट काटेर 'फादरस् डे' मनाएको हो । संस्कार र संस्कृति बलबाालिकाहरुले नर्विसनका लागि 'फादरस् डे' मनाइएको विद्यालयका सहप्रधानाध्यापक मनोज गुरुङले जानकारी दिनु भयो । 

उपस्थिति विद्यार्थीहरुका बुबाहरुलाई विद्यार्थीहरुले सामुहिक रुपमा केक काटेर खुवाएका थिए । कार्यक्रमको औचित्य प्रष्ट पादैं विद्यालय संयोजक कमल रानाले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो । विद्यालयका सहप्रधानाध्यापक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकको तर्फबाट प्रताव राईले विद्यालयल र विद्यार्थीहरुलाई धन्यवाद दिनु भएको थियो । कक्षा १० का छात्र रोहन कसजुलेपनि आफ्नो विचार राख्नु भएको थियो ।  कक्षा १०का ५ात्राहरु साइदा राई प्राप्ति राई अायुष्मा राई सुजता तामाङ  र शुसिङमा राईले नृत्य प्रस्तुत गर्ने भएकाे थियाे ।

नेपाली परम्परागत संस्कृति बालबालिकाहरुलाई सिकाउने उद्देश्यले  आयोजना गरिएको कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने सहप्रधानाध्यपक गुरुङले बताउनु भयो ।