धरान ।सुनसरीको इटहरी उपमहानगरपालिकाले  आज देखि लागू हुने गरि  निशुल्क विरामी बोक्ने एम्बुलेन्स र शव वाहन सेवा शुरु गरेको छ ।इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले आजदेखि नै लागू हुने गरि इटहरी नगरवासीको लागि उक्त सेवा शुरु गरेको वताउनु भएको छ। 

उहाँले भन्नु भयो,‘जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सेवा निशुल्क रुपमा प्रदान गर्नेछौ।’इटहरीमा बिरामीको चाप बढ्दै गएको र नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा पनि दिनथालेपछि विरामीको चाप बढेको जनाइएको छ ।