धरान । धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण धरानमा आजदेखि शुरु भएको छ । 

धरान मेघा कलेजमा शुरु भएको उक्त बास्केटवल प्रतियोगिताको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रम विशिष्ट अतिथीहरु संघीय सांसद शुशिला श्रेष्ठ,कोशी प्रदेश सभा सदस्य रमेश कुमार वस्नेत, विजय राई र धरानका राजनीतिक दलका प्रतिनिधी सहितको उपस्थितीमा गरिएको थियो । 

5

कार्यक्रममा स्वागत मन्तब्य  बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले बास्केटवलको इतिहाँस धरानबाट शुरु भएको र देशैभरी संस्थागत विकास हुँदै गएको वताउनु भएको छ । उहाँले भन्नु भयो,‘ब्रिटिस क्याम हुँदाखेरी नै वास्केटबल धरानबाट शुरु भएको इतिहाँस पाइन्छ,जस्ले गर्दा आज नेपालमा खेलहरु मध्ये बास्केटवल पनि अग्र स्थानमा रहेर अघि वढ्दै गएकाले राज्यले यस खेलको विकासको निम्ति अन्य खेल सरह सहयोग गर्नु पर्ने जरुरी छ ।’

3  3

प्रतियोगितामा धरान आसपासका विद्यालयका १६  टिमले सहभागिता जनाउने छन् ।प्रतियोगितामा १२ कक्षा सम्म अध्ययन गरिरहेका खेलाडीले सहभागिता जनाउदैँछन् ।प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडीको सहभागितामा खेलाइने कार्यक्रम संयोजक विकास चाम्लिङ राईले बताउनु भएको छ । 2  4

उहाँका अनुसार प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएवल प्लेयरले  नगद २ हजार ५ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका  उत्कृष्ट स्कोरर, उदयीमान खेलाडीलेसमेत जनही नगद २ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

4   2

प्रतियोगिताको फाइन खेलअघि थ्री पोइन्ट कम्पिटिसनसमेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागी खेलाडीले १ मिनट थ्री पोइन्ट सट गर्नेछन् ।  फाइनल चरणमा छनोट भएका मध्येबाट एक मिनेटमा बढी  पोइन्ट  गर्ने  पोइन्ट च्याम्पियन घोषित हुनेछन् । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार २ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको आयोजना धरानका उदयमान बास्केटबल खेलाडी रहेको दिवंगत रेवाहाङ राईको स्मृतिमा सुरुवात गरिएको हो ।धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असामयिक निधनपछि उहाको स्मृति र सम्मानमा अभिभावकले धरान मेघा हिमालयन कलेज र धरान बास्केटबल संघको सहकार्यमा गतवर्षदेखि अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजनाको सुरुवात गर्नु भएको हो  ।