धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारीलगातको आन्तरिक बढुवा लामो समयदेखि नभएको विषयमा आन्दोलन हुदा प्रतिष्ठानको परीक्षालगायत शैषिक कार्यक्रम ठप्प भएको छ । 

२ दिनदेखि परीक्षा लगायतका शैक्षिक कार्यक्रम ठप्प हुँदासमेत प्रशासनले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन सकेको छैन् । 

परीक्षा शाखामा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका चिकित्सकहरुको माग पूरा नभएपछि उनीहरु थप आन्दोलित हुदैं आएका छन् । उपकुलपतिको कार्यालय अगाडी नियमित धनाृमा बसेका छन् । शुक्रबार चारै पदाधिकारीहरुलाई उपकुलपतिको कार्यलयमा बाहिर निस्कन नदिई रात ि१बजेसम्म राख्दासमेत आन्दोलनरत पक्षका मागका विषयमा सुनुवाई हुन सकेको छैन् । 

विगत लामो समयदेखि चिकित्सकहरु आन्तरिक बढुवा नहुदा विज्ञ चिकित्सक प्रतिष्ठान छाडेर पलायन हुँदा प्रतिष्ठानका दक्ष जनशक्ति घटेर गएको छ । शिक्षक र चिकित्सकहरुको बढुवा रोकिदा प्रतिष्ठान झन ओरालो लागेकाल आफुहरुले बढुवाको मागलाई उठान गरेको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज महमद खानले बताउनु भयो । लोकसेवालाई देखाएर प्रतिष्ठानको नियमित कामलाई रोक्नु प्रतिष्ठानको दुभ्याग्य भएको उहाँ बताउनु हुन्छ । एक बर्षको अवधीमा विषय विज्ञ २५ जना भन्दा बढी चिकित्सकहरु प्रतिष्ठान छाडेर अन्यत्र गएको प्रतिष्ठानका रेर्कडमा जनाइएको छ । 

प्रतिष्ठानमा करिव ४ सय चिकित्सक कार्यरत छन् । १८० जनाको बढ्वा प्रक्रिया रोकिएको समाजका अध्यक्ष खानले बताउनु भयो । यसै गरि ११ सय कर्मचारीको बढुवा रोकिएको छ । 

तत्कालिन निमित्र उपकुलपति प्राडा. सञ्जिवकुमार शर्माले बढुवाका लागि अन्तर्वाताृका काम शुरु गर्नु भएको थियो । ३५ वटा विभाग मध्य १७ वटा विभागका शिक्षक र चिकित्सकहरुको अन्तर्वार्तासमेत सकिएको थियो । तर स्वास्थ्य मन्त्रालयले कामयमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई तोकेर पाठए पछि लोकसेवाको आदेश भन्दैं अन्तर्वार्ताको प्रक्रिया रोकिएको चिकित्सकहरुले बताउदैं आएका छन् । 

माग पूरा गर्न दबाब दिदै आएका चिकित्सकहरुको संस्था शिक्षक कल्याण समाजले माग पूरा नभएपछि थप आज डिन कार्यालय र शिक्षा महाशाखामा तालाबन्दी गरेका छन् । विगत ६ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको उनीहरुको भनाई छ ।  प्रतिष्ठानमा एमडि, एमविविएस, विउसी नसिंङ, नसिंङ, विडिएसलगायत विषयका करिव एक हजार भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुको परीक्षा तथा शिक्षणका कार्यक्रम प्रभावित भएका छन् । 

यस विषयमा प्रशासनले आन्दोलनरत चिकित्सकहरुको मागका विषयमा के भइरहेको छ भनेर प्रतिष्ठानकी प्रवक्ता डा. अन्जु प्रधानलाई बुझ्दा आफुहरु पनि बढ्वाकोआन्दोलनमा रहेको बताउनु भएको छ ।