धरान  / नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा सङ्घ नेपालको कोशी प्रदेशको प्रथम अधिबेशनले अरुण गुरुङको  अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।  शनिवार राती धरानमा सम्पन्न अधिवेशनले अरुण गुरुङ नेतृत्वको कमिटी सर्वसम्मत चयन गरेको हो ।

युवा सङ्घ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँलाई चयन गरिएको छ । प्रवक्तामा मनोज रायलाई चयन गरिएको छ । गुरुङ, बानियाँ र राय सुनसरी भूगोलका नेताहरु हुन । 

कमिटीको उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमान सिंह बस्नेत र शरण फागो चयन हुनु भएको छ । कोषाध्यक्ष दीपेन्द्र घिसिङ (तामाङ) चयन हुनु भएको छ । 

नेकपा एमालेको युवा सङ्गठन युवा सङ्घको अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नु भएको थियो ।