धरान । नेकपा एमालेका उपाध्यक्ष तथा  संसदीय दलका उपनेता एवम् संविधान सभाध्यक्ष सुबास नेम्बाङले नेकपा एमालेलाई पहिचान विरोधी भन्न नमिल्ने भन्दै पहिचानको नाममा अराजक गतिविधी नगर्न आग्रह गर्नु भएको छ  । 

धरानमा आजदेखि शुरु भएको दुई दिने  राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनलाई संवोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका नेम्वाङले नेकपा एमालेलाई पहिचान विरोधी भन्न नमिल्ने बताउनु हुँदै अराजक गतिविधी रोक्नको लागि आग्रह गर्नु भएको हो । 

एमाले पार्टी पहिचान,समावेशीता र धर्म निरपेक्षता कायम गराउने पार्टी भएकाले पहिचानको नाममा लोकतन्त्र विरोधी गतिविधी नगर्न पनि सवैमा आग्रह गर्नु भएको छ । उहाँले भन्नु भयो,धर्म निरपेक्षता,पहिचान र समावेशीको सवाल एमालेकै अगुवाईमा भएको हो,यस्मा कुनै दुइमत छैन र नेकपा एमालेलाई पहिचान विरोधी भनेर गलत आरोप लगाउनु हुँदैन।’ 

2  3

उहाँले  पहिचानको नाममा भइरहेको अराजक गतिविधि रोक्नु पर्ने र यस्तो गतिविधीले पहिचान स्थापित नहुने पनि वताउनु भएको छ ।  लोकतन्त्र विपरीत, मूल्य मान्यता विपरीतका काम जहाँबाट भए पनि रोक्नु पर्नेमा  नेम्बाङले जोड दिनु भएको छ । 

धरानको पछिल्लो समय शान्ति सुरक्षाको दृष्टिबाट समस्या उत्पन्न भएको भनेर आज भएको राष्ट्रिय युवा संघको कार्यक्रममा प्रहरी  सुरक्षा सतर्कता अपनाइएको थियो ।  कार्यक्रम स्थल र धरान बजारमा बाक्लो सुरक्षाकर्मी परिचालित गरिएको थियो । व्यानरमा काेशी प्रदेश लेखिएकाे  विषयलाई आपति जनाउदै पहिचान पक्षधरहरुले तीनकुनेमा नारावाजीसमेत गरेका थिए ।

उद्घाटन सत्रमा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री भानुभक्त ढकाल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार, युवा संघ पूर्व अध्यक्ष तथा पूर्व मन्त्री  महेश बस्नेतलगायतले अधिवेशनको शुभकामना मन्तव्य दिनु भएको थियो ।  

भोलीसम्म हुने हुने अधिवेशनका लागि कोशी प्रदेशका  १४ जिल्लाबाट १ हजार युवाहरु जम्मा भएका छन् । भोली हुने बन्द सत्रद्धारा राष्ट्रिय युवा संघ कोशी प्रदेशले नयाँ नेतृत्व पाउने छ भने  १ सय १ सदस्यीय प्रदेश कमिटी गठन गर्ने जनाइएको छ ।