धरान /  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीहरु उपकुलपतिको कार्यालयमा रातभरी  थुनिएका छन् ।

उपकुलपति कार्यालय भित्र कायममुकाय उपकुलपति प्राडा प्रह्लाद कार्की, रेक्टर प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौला र अस्पताल निर्देशक डा जगतनारायणलाई कार्यकक्षमा थुनेका हुन ।

आन्दोलनरत शिक्षक, कर्मचारीहरुले उपकुलपति कार्यालयबाहिर धर्ना जारी राखे पछि छलफलको लागि बसेका चार पदाधिकारीहरु बाहिरिन नपाएन् । उहाँहरु शुक्रबार बिहान ९ बजेदेखि उपकुलपति कार्यकक्षमा प्रवेश गर्नु भएको थियो । सोही बेलादेखि शिक्षक, कर्मचारीहरु कार्यकक्ष बाहिर धर्ना दिएर बसेका थिए । राती १ बजेसम्म पदाधिकारीहरुलाई थुनेको बताइएको छ । उनीहरु राती उपकुलपति कार्यालय भित्रको सोफामा सुतेका थिए । 

पदाधिकारीहरुले आफुहरुको मागलाई सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज महमद खानले बताउनु भयाे । चारै जना पदाधिकारीहरुले संयुक्त अपिल जारी गरे पनि माग सम्बोधन नभएकोले आफुहरुले अस्वीकार गरेको समाजका अध्यक्ष डा। खान जानकाारी दिनु भयो ।  प्रतिद्बतासँगै आन्तरिक पदोन्नती तथा बढुवा प्रक्रियालाई सुचारु गर्ने समय ताेक्न माग गरे पनि रजिष्ठार  स‌ग्राैला राती हस्ताक्षार नगर्ने भने पछि राती आन्दाेलनरत पक्ष आवास फर्किएका थिए ।

 पदाधिकारीहरुले जारी गरेको अपिलमा बढुवा प्रक्रियालाई निरन्तरताको लागि सरोकारवाला निकायमा सबै पदाधिकारीहरु तथा सरोकारवाला समेतको समुहिकरुपमा गएर सकरात्मक निकास दिने उल्लेख रहेको छ । यस्तै, शिक्षक तथा कर्मचारीहरुको तलब वृद्धिबारे विद्यमान परिस्थितिमा विगतको नजिर एवं संस्थाको निती नियमलाई मध्यनजर गरि पछि समायोजन गर्ने गरि हाल श्रेणीविहिन कर्मचारीहरुलाई मात्र २०८० साउनदेखि निर्वाह भत्तास्वरुप नियम अनुसार उपलब्ध गराउने पनि उल्लेख छ । साथै, आन्दोलनरत पक्षलाई आन्दोलनको कार्यक्रमहरु फिर्ता लिन पनि अनुरोध गरिएको छ । यो अपिललाई आन्दोलनरत पक्षले भने स्वीकार गरेका छैनन् । आफै प्रक्रिया रोक्ने अनि प्रक्रिया शुरु गछों भन्नु उचिति नभएको आन्दोलनरत चिकित्सक र कर्मचारीहरुको प्रतिक्रिया रहेको छ । 

शिक्षकहरुले उपकुलपति प्नाडा कार्कीले स्थगन गरेको आन्तरिक पदोन्नती तथा बढुवा प्रक्रियालाई सुचारु गर्न माग गर्दे आन्दोलनमा उत्रिएको हो । कर्मचारीहरुले पनि वृद्धि भएको तलब र बढुवा प्रक्रियालाई सुचारु गर्न माग राख्दै दिएको अल्टिमेटम पुरा भएसँगै आनदोलनमा उत्रिएका छन् । बषौंदेखि आन्तरिक पदोन्नती एवं बढुवा प्रक्रिया शुरु नहुँदा वृत्ति विकास हुन नपाएर पीडित बनेका शिक्षक, कर्मचारीहरु आन्दोलनमा छन् । कायममुकायम उपकुलपतिमा नियुक्त भएका प्राडा प्रह्लाद कार्कीले बढुवा प्रक्रियालाई स्थगन गरेर लोकसेवा आयोगमा परामर्श माग्दै पत्राचार गरेपछि समस्या शुरु भएको थियो । निमित्त उपकुलपति प्राडा सञ्जिवकुमार शर्माले पक्रिया अगाडी बढाइरहेको बेला कामु उपकुलपति प्राडा कार्की आए पछि प्रक्रिया रोकिएको थियो ।  समस्याकाे जड कामु उपकुलपति कार्की भएकाे  अान्दाेलनरत पक्षले बताउदै‌ आउनु भएकाे छ ।

प्रतिष्ठानमा प्रत्येक दिन बिहान ८ देखि ९ बजेसम्म उपकुलपति कार्यालय अगाडी धर्नाजारी रहेको छ ।  आइतबार  आन्तरिक पदोन्नती तथा बढुवा प्रक्रियालाई सुचारु गर्ने प्रतिवद्बता गर्ने बताइए पनि धर्नाका कार्यक्रम भने निरन्तर जारी रहने बताइएकाे  छ ।