धरान । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीको पहिलो ऐतिहासिकअधिवेशन सुनसरीको धरानमा हुने भएको छ ।  धरान–८ स्थित लाङ्घाली सामुदायिक वनको कार्यालय भवनमा भोली र पर्सी हुने भएको हो । 

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अधिवेशनको व्यवस्थापकिय जिम्मेवारीमा रहेका राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगरकमिटीका अध्यक्ष भवानी दाहालले वताउनु भएको छ । उहाँका अनुसार कोशी प्रदेशको १४ वटै जिल्लाबाट एक हजार भन्दा वढी युवाहरुको सहभागितामा हुने भएको जनाइएको छ ।

अधिवशेन भोली १० वजे हुने छ । अधिवेशनको लागि  महानगरपालिकाबाट १ महिला सहित ३ जना पुरुष,उपमहानगरबाट १ महिला सहित २ पुरुष,पालिकाबाट १ जना  जिल्लाबाट १ महिला सहित ५ जनाको प्रतिनिधीहरु रहने छन् ।  अधिवशेनको प्रमुख अतिथी नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय इन्जार्च महेश वस्नेतको विशेष आतिथ्यता लगायतको एमाले नेताहरुको उपस्थितीमा हुने भएको जनाइएको छ । 

अधिवशेनको पहिलो दिन उद्घाटन सत्रको खुल्ला कार्यक्रम हुने छ भने दोश्रो दिन पर्सी वन्द सत्र हुने भएको छ ।  बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने पनि जनाइएको छ ।  हाल राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश कमिटीको संयोजक अरुण गुरुङको नेतृत्वमा प्रदेश कमिटी रहेको छ । 

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङले युवाहरुको संगठनको प्रथम एतिहासिक अधिवशेन धरानमा हुन गइरहेकाले पार्टीले अधिवेशन सफल वनाउनको लागि युवाहरुलाई परिचालन गरि पार्टी समेतको भुमिका महत्वपुर्ण रहेको वताउनु भएको छ ।

उहाँले भन्नु भयो,‘एतिहासिक अधिशेशन धरानमा हुन गइरहेको छ,सवै प्रकारले अधिवेशन सफल वनाउन पार्टीको सहयोग छ,अधिवशेन सफलताको शुभकामना छ।’