मोरंग। कोशी प्रदेश सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ सकिएको छ तर अव आदेश भने बाँकी रहेको जनाइएको छ  । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गरी हालिएको रिट निवेदनमा आज जवाफी बहस सकिएको हो ।

निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको हो । अब आदेश आउन बाँकी छ । न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा मुद्दाको सुनुवाइ गरिएको हो । जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको छ ।

विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् । यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो ।

त्यही अनुसार सोमबारदेखि पूर्ण इजलासमा बहस भइरहेको थियो । न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो ।