धरान । धरान उपमहानगर वडा नम्बर  ५  ज्योति चर्च युवा संगतीको आयोजनामा ‘बाइबलिय हाजिरी जवाफ प्रतियोगीता मंगलबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताम ाधरान – ५ का ९ ओटा चर्चहरुका युवाहरुको सहभागीता रहेको प्रतियोगीतामा ख्रिस्टको पुनरुत्थान चर्च देउराली प्रथम, एलोहिम चर्च देउराली दोस्रो र होसन्ना व्याप्तिस चर्च तेस्रो भएका छन । प्रथम हुने ख्रिस्टको पुनरुत्थान चर्चले १०० अंक , दोस्रो हुने एलोहिम चर्चले ६५ अंक र तेस्रो हुने होसन्ना ब्याप्टिस चर्चले ५० अंक प्राप्त ग्रेका थिए । जम्मा ५४ ओटा प्रश्न सोधिएकोमा एक ओटा प्रश्नको अंक भार ५ राखिएको थियो । बिजेताहरुले नगद र  पुरस्कार ट्रफी  प्राप्त गरेका छन ।

कार्यक्रममा स्थानिय चर्चका जवानहरुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।ज्योति चर्च युवा संगतीका अध्यक्ष ज्ञानु भोटेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी धरान ख्रीस्टिय समाजका अध्यक्ष गोविन्द राई रहनु भएको थियो । चर्चका पाष्टर मचिन्द्र लावतीले  छरिएर रहेका युवाहरुलाई आपसी मित्रता कायम गर्न र बाइवलकको ज्ञान दिने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको वताउनु भएको छ ।