धरान  /  धरान उपमहानगरपालिका वडा नंं.  १५ स्थित श्रद्धाञ्जली मार्गमा एक काठको घरमा आगलागी हुदा घरका सवै सामान जलेर नष्ट भएका छन् ।  कोकोनट हाउस नजिकैको कन्पना धितालको   काठको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले जनाएका छन् ।  

आज बिहान  खाना पकाउने ग्यास पड्केर आगलागी भएको बताइएको छ । आगलागीका कारण घर पूर्ण रूपमा जलेर क्षति भएको छ ।   धरान उपमहानगरपालिकाका तीन वटा वारुण यन्त्र, स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका छन् ।