धरान । धरान उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नु भएको छ । 

दोश्रो स्थानीय तहको चुनावमा स्वतन्त्रबाट उम्मेद्धवारी दिएर विजय वन्नु भएका  भट्टराईलाई आज राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले औपचारिक कार्यक्रम मार्फत पार्टीमा स्वागत गर्नु भएको थियो ।  लिङ्देनले पार्टीको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराउनु भएको हो ।  नेपाली काङ्ग्रेसले टिकट नदिए पछि उहाँले स्वतन्त्रबाट उम्मेद्वारी दिएर वडाध्यक्ष विजय हुनु भएको थियो ।

वडाध्यक्ष भट्टराईले राजनीतिक पार्टी भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै देश र जनताको सर्वोपरी हित गर्ने भएकोले पनि आफुले पार्टी प्रवेश गरेको वताउनु भयो । उहाँले भन्नु भयो -‘राजनीतिक इतिहाँसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले खेलेको भुमिका र अनेकतामा एकता ल्याउनको लागि सवैभन्दा महत्व राख्ने पार्टी भएकाले पनि पार्टी प्रवेश गरेको हुँ ।'

भट्टराई स्थानीयत तहको चुनावमा स्वतन्त्रबाट उम्मेद्धवारी दिनु भएको थियो । नेपाली काँग्रेस पार्टीको प्रदेश कमिटी सदस्य भएपनि चुनावमा पार्टीसँग विद्रोह गरि स्वतन्त्र उम्मेद्धवारी दिनु भएको थियो ।