धरान । बराहक्षेत्र स्थित सप्तकोशी पुलमा कार छोडेर वेपत्ता भएका चिकित्सक डाक्टर  प्रज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । 

डा.कोइरालाले कोशी पुलमा कार र आफुले लगाएको जुत्ता  र  मोवाइल छोडेर वेपत्ता वनेका थिए । डा. कोइरालाको शव बराहक्षेत्र नगरपालिका वडा नम्बर २ को कोशी भंगालोमा फेला परेको प्रहरीले जनाएको छ ।  झापाको दमक नगरपालिका वडा नं १ का निवासी हुन् । 

प्रहरीका अनुसार माछा मार्न जाने स्थानीयले उनको शव देखेर प्रहरीलाई खबर गरेका थिए  । शवलाई  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि हिजो बेलुका नै ल्याएको थियो ।डा.कोइराला भाद्र १० गते आइतबार बेलुकी ड्युटी सकेर मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीबाट निस्किएका र सिसि टिभीको फुटेज अनुसार सोही दिनको राति २ बजे कोशी पुल नजिकै गाडी राखेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी जारी राखेको थियो । 

प्रेम सम्बन्ध सफल हुन नसक्ने अवस्था महसुस गरेर कोशीमा हाम्फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।