धरान । केके इन्टरनेशनल स्कुल धरान १५ का सञ्चालक समितीका अध्यक्ष प्रवीण अग्रवाललाई बाल यौन दुव्र्यबहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

अग्रवाललाई १२ वर्षिय बालक माथि यौन दव्र्यबहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार पीडित बालकको अभिभावकले दिएको उजुरीको आधारमा पक्राउ गरेको वताइएको छ । पक्राउ परेका अग्रवाललाई आज नै म्याद थपका लागि  जिल्ला अदालत सुनसरीमा पठाइने तयारी भैरहेको डिसपी मल्लले वताउनु भएको छ । प्रहरीले घट्नाका विषयमा थप अनुसन्धान भइरहेको पनि जनाएको छ । 

पीडित पक्षले हिजो साँझ प्रहरीमा जाहेरी दिएपछि अग्रवाल पक्राउ परेका हुन् ।  ती बालक पढाईमा कमजाेर रहेकाे र उनलाई सम्झाई बुझाई  गर्दा आराेप आएकाे अध्यक्ष अग्रवालले प्रतिक्रया दिनु भएकाे छ । 

(बालक हुनु पर्नेमा भुलवस अन्यथा भएकाेले सच्चाइएकाे छ । संं)