धरान । धरान उपमहानगर वडा नं ७ को वडाको आर्थिक वर्ष २०७९।८० को बार्षिक प्रगति विवरण र वडाको भावी योजना सार्वजनिक गरेको छ । 

2  2

सोमबार एक कार्यक्रमको आयोजना गरेर वडा कार्यालयका वडाध्यक्ष जीवनराज सुवेदी सहित वडाका सदस्यहरुद्धारा उक्त विवरण सार्वजनिक गरिएको हो ।  वडाध्यक्षले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०७९।८० को कुल ९६ लाख ७० हजारको बजेटमा ७८ लाख ६७ हजार ६ सय ७२ रुपैंयाको योजना कार्यान्यवन भएको उल्लेख गरिएको छ ।

3 2

यसैगरि आर्थिक वर्ष २०८०।०८१ को निम्ति वडा कार्यालयले कुल ६६ लाख २१ ह्जार ३ सय ७९ रुपैंयाको वडा स्तरीय योजना पनि सार्वजनिक गरेको छ । गत वर्षको तुलनामा वजेट धरान उपमहानगरपालिकाले घटाएकाले साँगुरो वजेटको दायरामा रहेर योजना वनाउनु परेको वताइएको छ । कार्यक्रममा वडा राजनीतिक दलका प्रतिनिधी,टोल सुधार समितीका प्रतिनिधी, सामाजिक संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा आय आर्जनको लागि धरान ७ की एकल महिला सोमा परियारलाई सिलाई कटाई मेसिन पनि प्रदान गरिएको थियो भने वडामा विभिन्न कार्यक्रमहरु गर्न सहज होस भन्ने उद्धेश्यले लिला स्मृति प्रतिष्ठानलाई २५ थाल कुर्सी समेत वडाध्यक्ष सहित वडा सदस्यहरुले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । 

यस्तो छ आर्थिक वर्ष २०७९।८० का सम्पन्न योजना 

1

2

3

4 1

आर्थिक बर्ष २०८०।८१ का निम्ति वडाको योजनाहरु 

1 3


2 1


3 1