धरान ।रोकिएको बढुवा प्रक्रिया  र तलव बृद्धि कार्यान्वयनको माग गर्दै  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीको आन्दोलन  जारी रहेको छ । 

आन्दोलन  शिक्षक र कर्मचारीले  प्रतिष्ठानको परीक्षा शाखा कार्यालयमा ताला लगाइएदिएपछि परीक्षा नै प्रभावित भएर स्थगित भएको छ  ।आज परीक्षा शाखामा तालावन्दी गर्न बाध्य भएको शिक्षक कल्याण समाजका अध्यक्ष डा. सरोज अहमद खानले बताउनु भएको छ ।उहाँका अनुसार हिजो प्रतिष्ठानका उपकुलपतिसँग गरिएको वार्तामा कुनै सकारात्मक कुरा आउन नसेकपछि दबाव स्वरुप आज परीक्षा शााखामा तालाबन्दी गर्न बाध्य भएको बताइएको छ ।

उहाँले भन्नु ,‘उपकुलपतिले हाम्रो मागलाई वेवास्ता गरिएपछि तालाबन्दी गरिएको  हो, माग पुरा नभए सम्म परीक्षा लगायतका कार्यक्रम बहिष्कार गरिएको छ । ’हिजो भएको बार्तामा का.मु उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले भने मागका बारेमा  मन्त्रीसँग छलफल गरी निकास दिने आश्वासन दिएको वताइएको छ ।

लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै उपकुलपतिको कार्यालय अगाडि धर्ना पनि दिदै आएका छन् ।