ढाका / बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ ।  भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो । 
 कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् । 
 अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ ।  बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “उहाँ (खालिदा जिया)लाई बिहीबार नै जेलमा लगिनेछ ।” 
 उहाँले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताए ।  खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नु भएको थियो । जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफु र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार गरेको मुद्दा लगाएको आरोप लगाउनु भएको छ ।
        
                    
        
        
        
                                
                                                                        
        


        
        
        
        
        














