धरान । हरेक वर्ष मनाइने नेवाःहरुको मौलिक पर्व गाईजात्रा यो वर्ष पनि धरानमा मनाइएको छ । 

धरानमा यो पर्वलाई सामुहिक रुपमा  सिद्धि नेवाः परिषद्को अयोजनामा प्रत्येक वर्ष मनाउने गरिएको छ । गाईजात्रा भाद्र कृष्ण प्रतिपदाका दिन मनाईने नेवाःहरुको मौलिक पर्व हो । यस वर्ष दिवंगत भएका आफन्तजनको सम्झनामा गाई निकाल्ने र नगर परिक्रमा गर्ने गरिन्छ । 371811617_10161336783174015_7129153533036137637_n 1

आज सोही पर्वको अवसरमा सिद्धि नेवाः परिषद् घरान ७ बाट सामुहिक रुपमा निस्किएको गाईले भानु चौक, छाता चौक, टेलिकम अफिस हुँदै पुरानो बजारबाट माछा भौडी, देशीलाई हुँदै पुनः सिद्धि नेवाः परिषद्मा गएर विर्सजन भएको थियो । गाईजात्रामा गाईको मुकुट लगाएर  मानिसलाई नै सजाएर गाई बनाई नगर परिक्रममा गर्ने प्रचलन छ । गाई सँगै, जोगी, जोकर, राधा कृष्ण पनि निकालिएको थियो ।

3 18

मृतकहरुको तस्विर टाँसेर १६ हात अग्लो ताहमचा पनि निकालिएको थियो । वजार परिक्रममा र्यालीमा धिमेबाजा, लाखे नाँच, ठाकठुके नाँच लागयतको झाँकीहरु प्रस्तुत भएका थिए । 

नेवाःहरुको मौलिक संस्कार र संस्कृति जगेर्ना गर्न र भावि पुस्तामा हस्तान्तर गर्ने उद्देश्यका साथ यो गाईजात्रा कार्यक्रमको अयोजना गर्दै आएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले वताउनु भएको छ ।

कार्यक्रमा सहभागीहरुलाई स्वागत सिद्धि नेवाः परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले गर्दै परिषद्ले धरानमा २०५२ सालदेखि सामुहिक गाईजात्रा र २०५९ साल देखि शोकाञ्जली रामायण निकाल्ने  गरिएको वताउनु भयो । सामुहिक गाईजात्रा कार्यक्रमको संयोजक उमेश श्रेष्ठ, सह–संयोजक हरिकृष्ण श्रेष्ठ र शोकाञ्जली रामायण कार्यक्रमको संयोजक अतुल दिप श्रेष्ठ रहनु भएको थियो । 

गाई जात्राको इतिहाँस यस्तो छ

करिव ३०० वर्ष अघि राजा प्रताव मल्लको पुत्र वियोगमा रानीले अति धेरै विलाप र शोक गर्नु भयो  । हाम्रा मात्र होईन अरुले पनि परिवारका सदस्य गुमाएका छन् भनेर देखाई उहाँको चित्त बुझाउन सामुहिक गाईजात्राको प्रचलन शुरु गरेको कुरा कार्यक्रम संचालनको क्रममा परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी गराउनु भयो । 

371890558_10161336782979015_4528702708362131638_n

धरानको जातीय, सामाजि धार्मिक सद्भाव भर्डकिन नदिन एक आपसमा भाईचाराको सम्बन्ध कायम गर्न यस्ता सामुहिक र सार्वजनिक कार्यक्रमले सहयोग पु¥याउने धारणा धरानका उप मेयर अईन्द्र विक्रम वेघाले धारणा राख्नु भयो । 

सवै जात जातीको चार्डपर्व हामी नेपालीहरुको साँझा सम्पदा भएकाले सवै जातजातीको संस्कार र संस्कृतीलाई उनिकै सम्मान र सद्भाव राख्नु पर्ने प्रदेश सभा सदस्य रमेश बस्नेतले बताउनु भएको छ ।

धुलिखेल समाज धरान परिवारले छाता चौकमा सवै परिवारहरुलाई समेटेर दिवंगत भएका आफन्तहरुको सम्झनामा नगद तथा विभिन्न सामाग्री गाईहरुलाई दान गर्ने व्यवस्था गरेका थिए । 

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय विजय राई र माननीय यसोधा कायस्थ, परिषद्का पूर्व अध्यक्ष समाजसेवी सरला कायस्थ लगायत नेवाः देय् दवू, खलःपुचका प्रतिनीधि र नगरवासीहरुको बाक्लो सहाभागिता रहेको थियो । नेपाल स्काउट, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतले कार्यक्रम सम्पन्न गर्न सहयोग गरेका थियो ।