काठमाडौं / नेकपा एमाले प्रदेश नं. ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।  संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाएकी थिईन ।
दलको नेता चयन भए पछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । एमालेको नेतृत्वमा बन्ने सरकारको नेतृतव अव पौडेलले गर्ने छन् । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।