धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरु आन्दोलित भएका छन् । 

बढुवा प्रक्रियालाई प्रतिष्ठान नेतृत्वले रोकेको भन्दै शिक्षक र कर्मचारीहरुले आज विहान ८ वजेदेखि ९ वजे सम्म उपकुलपतिको कार्यालय परिषरमा एक घण्टा धर्ना दिएर आन्दोलन शुरु गरेका हुन् । शिक्षक चिकित्सकको वृद्धि भएको तलव र आन्तरिक पदपूर्ति एवम बढुवा प्रक्रियामा लोकसेवा आयोगले अंकुश लगाउँदा शिक्षक कल्याण समाज आन्दोलित भएको जनाइएको छ । 

शिक्षक कल्याण समाजले साता दिन दिएको अल्टिमेटमको बेवास्ता गरेपछि शिक्षक चिकित्सकले शिक्षण, परीक्षा र अतिरिक्त जिम्मेवारीका सबै कार्यक्रम बहिष्कार गर्दै धर्ना सुरु गरेको हो । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले भन्नु भयो , ‘हाम्रो माग भनेको बढुवा प्रक्रिया रोकिनु हुन्न, वेवास्ताको कारण हाम्रो बढुवा हुन सकेन,यो कस्को कमजोरी ?

वृद्धि भएको तलव समेत कार्यान्यन हुन सकेको छैन,हामीले पदाधिकारीलाई पटक पटक ध्यानाकर्षण पनि गरायौ तर सुनुवाई नभएपछि आन्दोलित हुनु परेको हो,अव आन्दोलन माग पुरा नभए सम्म रोकिन्न।’