धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरुले एब वर्ष अघि बृद्धि गरिएको तलव र बढु्वा प्रक्रियालाई प्रतिष्ठानले कार्यान्यवन गर्न वेवास्ता गरको भन्दै बुधबार देखि दबाबमूलक कार्यक्रमको घोषणा गरेका छन्   । 

loksewa

प्रतिष्ठानले आन्तरिक बढुवाको तयारी गरेको भएपनि कार्यविधी नभएको कारण लोक सेवा आयोगले गत भदौ ७ गते बढुवाको काम रोक्न भनेपछि प्रतिष्ठानले बढुवा प्रक्रिया अघि वढाउन सकेको थिएन ।  बढुवा प्रक्रियालाई लोक सेवा आयोगको प्रायोजित ढंगले गलत रिपोर्ट पेश गरि बढुवा प्रक्रिया रोक्ने काम भएको आरोप लगाउँदै शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलन गर्ने जनाएका छन् ।  

rector

समाजको आज विहान ८ वजे बसेको आकस्मिक वैठकले ४ बुँदे निर्णय गरेको छ ।   समाजको अध्यक्ष डा.सेराज अहमद खान र सचिव डा.कादिर आलामद्धारा गरिएको विज्ञप्तीमा भनिएको छ, ‘लोक सेवा आयोगको प्रायोजित ढंगले गलत रिपोर्ट पेश गरि प्रतिष्ठानको नाम प्रेषित पत्रले नयाँ मोड लिएको छ ।’

कल्याण समाजका अनुसार पूर्व निर्धारित कार्यक्रम अनुसार भोली वुधबारदेखि सवै शैक्षिक तथा परीक्षाका कार्यक्रम वहिस्कार गर्ने, प्रतिष्ठानले दिएको होस्टेल, वार्डेन, बार्षिक रिपोर्ट, आइआरसीलगायतको सम्पूर्ण जिम्मेवारी वहिस्कार गर्ने र हरेक दिन विहान ८ वजे देखि प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको समाजका अध्यक्ष डा.सेराज महमद खानले जानकारी दिनु भएको छ । 

साथै मागलाई वेवास्ता गर्दै गएको खण्डमा आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने र प्रतिष्ठानका शिक्षकहरुलाई विषयको गंभीर्यता र संवदनशीलतालाई हेरर अधिकारको लडाईमा सामेल हुन समेत समाजले अपील गरेको छ । प्रतिष्ठानका कर्मचारी र शिक्षकले यस अघि नै कर्मचारीको बृद्धि भएको तलव र कर्मचारी बढुवाको माग लिएर का.मु.उपकुलपतिलाई  चेतावनी सहित ज्ञापन पत्र बुझाएका थिए ।