धरान । गएराती अविरल वर्षासँगैं आएको धरान ६ पानबारीको स्थानीय खोला सेहेराखोलामा आएको बाढी वस्तीमा पसेपछि त्यहाँका स्थानीयवासीहरु रातभर जाग्राम वस्न वाध्य भए ।
सेहराखोला पुलदेखि उत्तर पूर्व तर्फ धार परिवर्तन गरेर खेतमा पसेर खोला वस्ती भित्र आउँदा खोला किनारामा वसोवास गर्ने एक दर्जभन्दा वढी घर परिवारहरु खोलाले राती नै वगाउने त्रासले रातभर जाग्राम वसेको स्थानीय सार्के परियारले वताउनु भएको छ ।
उहाँको अनुसार सेहेरा १५ घर जोखिममा खोलाको उच्च जोखिममा परेका छन् । सेहेरा खोलाले वर्षा याममा सिंगो पानबारीवासीलाई दुख दिदैं आएको छ भने खोला नियन्त्रणको गर्नको लागि माग गरिपनि अहिले सम्म नियन्त्रणको प्रयास हुन नसक्दा वर्षेनी समस्या भोग्नु परेको स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।
धरान ६ को वडा कार्यालयमा गुनासो गरेपछि वडाले नगरमा सिफारिस गरिदिएको र नगर मार्फत २६ लाखको लागत स्टिमेट तयार गरी सिंचाइ कार्यालयमा पठाइको थियो तर तत्काल २० थान तार जाली सिचाई बिभाग मार्फत प्राप्त भएपनि वन कार्यालयले डोजर लगाउन नदिएपछि रोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारीले बाधा फुकाइदिएपछि काम गर्ने योजना बनाएका स्थानीयले जाली लगाउन नपाई खोला बस्तीमा पसेको हो । स्थानीय सार्के परियारले भन्नु भयो,‘ श्रमदानबाट काम सुरु गर्ने योजना बनाएका थियौँ, राति नै खोला बस्तीमा पस्यो ,४० हजार रकम सङ्कलन गरेर जाली लगाउने तयारी थियो तर राती नै बाढी आयो ।’
प्रदेश सांसदद्धारा अनुगमन र करिडोर वनाउने योजना
कोशी प्रदेश सभा सदस्य एवम् स्थानीयवासी समेत रहेको रमेश कुमार वस्नेतले सेहराखोलाले वर्षौदेखि समस्या दिदैं आएको वताउनु भएको छ । सिचाई र खाानेपानीको मुख्य श्रोत नै स्थानीय सेहराखोलाको विकल्प नभएको र अविरल वर्षासँगै आउने बाढीले वर्षेनी धनजनको क्षति गर्दै आएको सांसद वस्नेतले वताउनु भएको छ ।
२०७० सालमा आएको वाढीले पानबारीमा एक घरका ४ जनाको परिवारलाई वगाएर मृत्यु समेत भएको थियो । सांसद वस्नेतले भन्नु भयो,‘यो वर्ष सेहराखोला नियन्त्रण गर्नका निम्ति स्थायी समाधानको लागि करिडोर वनाउने योजना छ, गुरु योजना मार्फत करिडोरको काम शुरुवात गरिने छ,जस्ले समस्या समाधान हुने छ ।
’सेहेरा खोला हेर्दा सामान्य खहरेजस्तो देखिए पनि यसले स्थानीय सरकारका साना योजना कुलो, पैनी, सिचाइमा बर्सेनि क्षति पुर्याउँदै आएको सांसद बस्नेतको भनाई छ । उहाँका अनुसार धरानका तीन वडा ४,५,६ मा सेहेराले बर्सेनि क्षति पुर्याउँदै आएको छ ।