आषिका लम्साल  

विराटनगर  । विराटनगर महानगरपालिका ६ मंगलुवा टोलकी २४ बर्षिया रेखा पासवान र २६ बर्षिय उहाँका श्रीमान सुरज पासवान अनि २६ बर्षिया तुलसी पासवान र २९ बर्षिय श्रीमान चन्दन पासवानको पहिले सधै झगडा परिरहन्थ्यो । सधै हुने घरेलु झगडाले गर्दा रेखा र तुलसी हिँसा सहन बाध्य हुनु हुन्थ्यो भने उहाँहरुका श्रीमानको रोजगार पनि भरपर्दो हुन सकेको थिएन । तर आजकल उहाँहरुको घर झगडा पनि हुन छाडेको छ ।

श्रीमानहरुले  भरपर्दो रोजगार पनि थाल्नु भएको छ । रेखा मासु पसल चलाउँउनु हुन्छ  भने उहाँका श्रीमान सिटी रिक्सा कुदाउँहुनु हुन्छ । श्रीमतीलाई सघाउँनु हुन्छ । यस्तै तुलसीले कपडा व्यापार गर्न थाल्नु भएको छ ।विराटनगर १५ भट्टाचौककी २८ बर्षिय पुनम साह आजकल व्युटीपार्लर चलाउँउनु हुन्छ । उहाँका श्रीमान जयप्रकाश नास्ता पसल गर्नु हुन्छ । सोही ठाउँकी २५ बर्षिया माला खातुनले पसल खोल्ने तयारी गरिरहनु भएको छ ।

पहिले बेराजगार बस्न रुचाउने उहाँका श्रीमान ३२ बर्षिय सिकन्दर मियाँले  सिटी चलाउन थाल्नु भएको छ । पहिले सधै आपसमा झगडा गरिरहने यी दुवै दम्पत्तीहरु आजकल छोराछोरीलाई पालो पालो स्कुल लाने ल्याउने  पनि गनु हुन्छ । माथि प्रस्तुत भएका रेखा र सुरज , तुलसी र चन्दन अनि पुनम , जयकाश , माला र सिकान्दरको जोडी प्रतिनिधिमुलक मात्र हुनु हुन्छ  उहाँहरु जस्तै सधै झगडा गरिरहने तर पछि आपसी विश्वास बढेर रोजगारमा उत्प्रेरित भएका र भैसकेका  युवा दम्पत्तीहरु अरु पनि धेरै छन ।

तर यो सबै त्यत्तिकै भएको हैन । यसमा विराटनगरमा साझा सवालका लागि साझा मञ्चच (कोकन) ले समुदायमा हुने हिँसा अन्त गर्न संञ्चालन गरिरहेको लैङगिक हिँसा रोकथाम तथा प्रतिकार्य परियोजनाले गर्दा संभव भएको हो । कोकनले विराटनगर महानगरको ६ र १५ नम्बर वडाका  विगत डेढ बर्षदेखी विवाह गर्ने २९ बर्षसम्मका युवा जोडीहरुलाई सहभागी गराएर  भैरहेको घरेलु हिँसा अन्त गराउने अभियान सञ्चालन गरिरेको छ ।

जसले गर्दा विवाहित जोडीहरुमा हुने झैझगडा कम भएपछि महिलाहरुले पनि समाजिक र शारिरीक हिँसा भोग्नुपर्ने बाध्यता हटेको छ । आफना समस्याहरुमा निरन्तर सामुहिक रुपमा छलफल गर्न थालेपछि उनीहरुमा आत्मविश्वास बढेर रोजगारतर्फ अग्रसर हुन थालेको र सेवा प्रदायक सरोकारवालाहरुकोमापनि जान सुरु गरेको सामुदायिक स्वयंसेवकहरु  उदिप मण्डल र ईश्वरी खडका बताउँनु हुन्छ ।

अभियानमा सहभागी हुन थालेपछि श्रीमानहरुमा झुठो बोल्ने वानी हटन थालेको र आपसमा समझदारी बढेको विराटनगर ६की २६ बर्षिया रविना पासवान बताउँनु हुन्छ । पहिले सधै शंका गरेर गालीगलौज गर्ने र घरबाट कतै जान नदिने रविना आजकल घरबाहिर निस्केर हाटबजारमा व्यापार गर्न थाल्नु भएको छ । सुकुम्बासी टोलका संजिता साह र दिपक साह अनि सुरज पोद्दार र सरिता पौद्दार पनि घरेलु हिँसा अन्त्यबारेको छलफलमा सहभागी भएपनि आफुहरुले पनि धेरै कुरा बुझन जान्न पाएकोले अन्याय सहनुहुदैन र आफै आत्मनिर्भर बन्नुपर्छ भन्ने आत्मविश्वास बढाएको बताउनु हुन्छ ।

 लैङगिक हिँसा अन्त गर्ने छलफल अभियानले जोडीहरुमा  काममा साभेदारी गर्नुपर्छ भन्ने भावना पनि बढेको छ । साथै महिलाले घरमा बसेर छोराछोरीको हेरचाह गर्दै घरधन्दा मात्र गर्नुपर्छ भन्ने गलत समाजिक मान्यता पनि हटदै गएको छ । यति मात्र हैन छलफलमा सहभागी भएका २० जोडीहरुले आफनो समाजमा हुने घरेलु हिँसा , बालविवाह र जातिय विभेद अन्त्य गराउन पनि सहयोग गर्न थालेका छन । घरछिमेकमा घरेलु हिँसा भयो भने प्रहरी र सेवाप्रदायक निकायहरुलाई उनीहरुले सूचना पनि दिने गरेका छन ।  

स्वयंसेवक उदिप मण्डलका अनुसार विराटनगर ६ र १५ मा रहेका २९ बर्ष सम्मका विवाहित २० जोडीहरुलाई उनीहरुले नजिकै रहेको विद्यालय , मन्दिर वा सामुदायिक केन्द्रमा हरेक हप्ता विहान ६ देखी ८ बजेसम्म भेला गर्नु हुन्छ । छलफलमा सहभागी हुँदा केही रकम पनि प्राप्त हुने भएकोले दुई घण्टाका लागि जोडीहरु खुसी हुदै आउँछन ।

जोडीहरु भेला भैसकेपछि पहिले महिला र पुरुष स्वयंसेवकहरुले महिला र पुरुषसँग अलग अलग कुराकानी गरेर समस्याहरु बुझ्छन् । त्यसपछि  विभिन्न अतिरिक्त्त क्रियाकलाप र चित्रहरुबाट घरेलु हिँसाका बेफाईदाबारे बुझाउदै जिवनउपयोगी शिक्षा पढाउँछन । जसले गर्दा विस्तारै पहिले हिँसामा संलग्न जोडीहरुमा परिवर्तन आउन थाल्छ र नेतृत्व पनि  विकास हुनथाल्छ ।

खराब सामाजिक मूल्यमान्यताले गर्दा समुदायमा हुदै आएको लैङगिक हिँसालाई अन्त्य गराउन अभियान सफल हुदै गएको फिल्ड संयोजक अशोक थापा बताउँनु हुन्छ । उहाँका अनुसार जवसम्म समुदायभित्रै छिरेर समस्या पहिचान गरि समाधानको पहल गरिदिैन तबसम्म समाजमा भित्रिरुपमा हुदै आएको लैङगिक हिँसा अन्त्य गर्न संभव छैन ।

उहाँ लैङगिक हिँसा अन्त गराउनका लागि सबै पालिकाहरुले वडा कार्यालयहरु मार्फत टोल टोलमा अभियानहरु सञ्चालन गर्नुपर्नेमा जोड पनि दिनु हुन्छ  । लैङगिक हिँसा वाहिरी रुपमा न्युनिकरण भएपनि सिमान्तकृत समुदाय र गरिबहरुमा कायमै छ । यसैले पनि समुदायभित्रै छिरेर हिँसा अन्त्य गराउने अभियान प्रभावकारी हुने उहाँको भनाई छ ।’,    

अभियानका संयोजक कृष्णकुमार राईका अनुसार समुदायमा हुदै आएको हिँसा अनत्य गराउन संयुक्त्त राष्टसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा लैङगिक विभेदमा आधारित हिँसा रोककथाम र प्रतिकार्य परियोजना सञ्चालनमा आएको हो । यो परियोजना अनुसार संञ्चालन भएको अभियानले लैङगिक विभेद र हिँसाले पिडित महिला र पुरुष मात्र नभएर उनीहरुको परिवार अनि सेवा प्रदायकहरुसँग संबाद गरेर समस्या समाधान गराउने गर्दछ । यसका लागि संस्थावाट खटिएका सामुदायिक स्वयंसेवकहरुले सहजिकरण गरिदिन्छन् ।

जसले गर्दा महिला र युवा जोडीहरुले न्याय दिने निकायहरु न्यायिक समिति , वडा कार्यालय , जनप्रतिनिधि , प्रहरी , स्वास्थ्यस्वयंसेविका, शिक्षक , स्वास्थ्यकर्मी , अस्पताल , र संकट व्यवस्थापन केन्द्र र पुर्नस्थापना गृहदेखी लैङगिक हिँसा कोषदेखी भएका आधारभुत कानुनहरुबारे पनि जानकारी पनि प्राप्त गर्दछन । यसैले उनिहरुले गाउँघरमा हिँसा भएमा सूचना मात्र दिनेमात्र हैन आफै अघि सरेर सहजिकरण पनि गरिदिने गरेका हुन ।

जनसँख्यायिक स्वास्थ्य सर्बेक्षण सन २०१६ का अनुसार नेपालमा १५देखी ४९ बर्षका ५ जना मध्ये १ जना महिलाले प्रत्यक्ष हिँसा भोग्छन । ४ जना मध्ये १ जनाले श्रीमानबाट कुटाई खान्छन । एक सयमा ३१ जना पुरुष श्रीमती कुटनुपर्छ भन्ने चाहन्छन । हिँसा भोगिरहेका ६६ प्रतिशत महिलाहरुले प्रतिरोध नै गर्दैनन ।