धरान । भानुचौक स्थित घण्टाघरमा काम गर्ने ज्यालादारी मजदुरलाई पुर्नबहाली गर्ने सहमति भएपछि आन्दोलनमा रहेका मजदुरहरुले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएर हिजोदेखि गरिएको तालाबन्दी खुलाउने सहमति भएको छ । 

धरान उमहानगरपालिका मेयर हर्कराज साम्पाङ र धरानका संयुक्त मजदुर संघर्ष समितीबीच अहिले भखरै सहमति भएको समितिीका संयोजक शमशेर बर्देवाले वताउनु भएको छ । उहाँका अनुसार निस्काशन गरिएका दुई जना मजदुरलाई पुर्नबहाली गर्ने सहमति भएको छ,सोही अनुरुप अहिले ४ वजे घण्टाघरको तालाबन्दी खोल्ने बताइएको छ । 

धरान उपमहानगरपालिकाको भानुचौक स्थित घण्टाघरमा काम गर्ने ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेको भन्दै  शुक्रबारदेखि धरानका मजदुर संगठनहरुले आन्दोलन शुरु गरेका थिए  । 

स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु  र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रुपमा कार्यरत रहनु भएको थियो ।