धरान ।सुनसरीको बराहक्षेत्र स्थित  सप्तकोशीको पुलमा आफ्नो सवारी साधन कार छाडेर उर्लाबारीमा कार्यरत एक चिकित्सक हराएका छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिनन्दन चौधरीका अनुशार मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत चिकित्सक डा. प्रज्ज्वल कोइराला बेपत्ता भएका छन् ।उहाँका अनुसार पुलमा जुत्ता,मोवाइल र  १ ।०२।००२ च  ४१६६ नम्बरको कार  समेत फेला परेको छ । तर चिकित्सक कोइराला भने वेपत्ता भएको प्रहरीको भनाई छ । 

बेपत्ता भएका चिकित्सकलाई कोशी नदी र आसपासका क्षेत्र खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान ४ बजे प्रहरीलाई खबर गरेपछि उक्त घट्ना थाहा भएको हो भने कोइरालाको परिवार सम्पर्कमा आएका छन्  ।