काठमाण्डौ – चामल र प्याज निर्यातमा कडाइ गर्दै आएको भारतले फरी उसिना चामलमा  २० प्रतिशत कर लगाएको छ । दशैँ नजिकिँदै गर्दा भारतले उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको हो ।भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहन स्वरुप भारतले उसिना चामलमा २० प्रतिशत कर लगाएको हो ।

भारतको वित्त मन्त्रालयले गएको शुक्रवार सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाएको छ ।शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ ।यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने देशमा भाउ बढ्न सक्ने सम्भावना छ ।