मोरंग । कोशी प्रदेश सरकारलाई समर्थन दिनको निम्ति नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र  पार्टीवीच सहमति भएको छ ।सहमति अनुसार अब  राप्रपाले  सभामुख र मन्त्री पाउने लेनदेन भएको वुझिएको छ ।  ।

कोशी प्रदेशमा सङ्कटमा परेको सरकारलाई साथ दिन राप्रपा तयार भएपछि माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई दिएको माओवादी सांसद माधव सापकोटाले बताउनु भएको छ । उहाँका  अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको वताइएको छ । 

कोशी प्रदेश सभामा राप्रपाका छ जना सांसद रहेका छन्  । एक सिट नपुगेर कोशी प्रदेश सरकारमा रहेका  कांग्रेसका उद्धव थापाको नेतत्वले सास्ती खेपिरहनु परेको छ ।राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएको छ । यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको  थियो ।