धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ(राई) ले नगर प्रहरी परिचालन गरेर आन्दोलित धरानका मजदुरमाथि आज घण्टा घरमा धरपकड गरेका छन् । 

भानुचौक स्थित घण्टाघर काम गर्ने दुई जना ज्यालादारी मजदुरलाई मेयर साम्पाङले कामबाट निकालेको भनेर आन्दोलनमा रहेका मजदुर संगठनका नेताहरुले घण्टाघरमा तालावन्दी गर्ने क्रममा नगर प्रहरी परिचालित गरेर आन्दोलित मजदुरमाथि धरपकड गरेका हुन् । 

2 19

शुक्रबारदेखि आन्दोलनमा रहेको मजदुर संगठनहरुले आज विहान ज्यालादारी मजदुरलाई पुर्नबहालीको माग गर्दै घण्टाघरमा तालावन्दी लगाउने कार्यक्रम रहेको थियो । तालावन्दी लगाउने क्रममा नगर प्रहरी त्यहाँ आन्दोलनमा रहेका मजदुरहरुवीच ठेलाठेल समेत भएको थियो । धरान उपमहानगरपालिकाको नगर प्रहरी एक दर्जनभन्दा वढी घण्टाघर गेटमा नै छेकेर वसेपछि मजदुरहरुले तालावान्दी गर्ने क्रममा प्रहरी र मजदुरवीच घम्साघम्सीसमेत परेको थियो ।

3 15

संयुक्त संघर्ष समितीका संयोजक शमशेर वर्देवाले मजदुरहरुको आन्दोलन शान्तिपुर्ण भएकाले मजदुरमाथि धरपकड नगर्न अनुरोध समेत गर्नु भएको थियो । अन्ततः मजदुरहरुले घण्टाघरमा तालावन्दी गरेका छन् । नगरप्रहरीसँगै नेपाल प्रहरी पनि परिचालत रहेको थियो । संघर्ष समितीले भोली भानुचौकमा एक घण्टा चक्काजाम गर्ने पनि वताइएको छ । 

धरान उपमहानगरपालिकाको भानुचौक स्थित घण्टाघरमा काम गर्ने ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेको भन्दै  शुक्रबारदेखि धरानका मजदुर संगठनहरुले आन्दोलन शुरु गरेका छन् । 

घण्टाघर परिसरमा नै आन्दोलन स्वरुप शुक्रबार  विहान १० वजेदेखि ११ वजे सम्म एक घण्टा धर्ना कार्मक्रम गरेका दिएका थिए ।   एक साता अघि घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । 

चेतावनीलाई वेवास्ता गरेपछि बाध्य भएर श्रमिकलाई न्याय दिलाउनको लागि धरानका  नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले संयुक्त रुपमा श्रमिकलाई पुर्नबहालीको माग गर्दै आन्दोलन शुरु गरेका हुन । 

स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु  र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रुपमा कार्यरत रहनु भएको थियो ।कार्यरत मजदुरलाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले भने उमेरको कारण कामबाट निकालेको वताउँदै आउनु भएको छ ।