एजेन्सी ।भारतले  चन्द्रमाको सतहमा उतारेको चन्द्रयान–३ को ल्यान्डरबाट –६ पाङ्ग्रा र २६ किलोको प्रज्ञान रोभर बाहिर निस्कँदै गरेको पहिलो भिडियो इस्रोले सार्वजनिक गरेको छ । 

यसले चन्द्रमाको तहमा घुमफिर गर्न थालिसकेको छ । ल्यान्डिङको करिब १४ घण्टापछि बिहीबार बिहान इस्रोले रोभर बाहिर निस्केको पुष्टि गरेको थियो । ल्यान्डर २३ अगस्ट साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमामा उत्रेको हो । 

चन्द्रमाको सतहमा पुग्नासाथै रोभरले सबैभन्दा पहिला आफ्नो सोलर प्यानल खोल्यो । यो १ सेमी  र सेकेन्डको गतिले चल्छ । यसले आफू आसपासका वस्तुलाई स्क्यान गर्नका लागि नेभिगेसन क्यामेराको प्रयोग गरिरहेको छ । रोभर १२ दिनमा ल्यान्डरको आसपास आधा किलोमिटर घुम्नेछ ।