धरान ।वन समुहको उपभोक्ताको लागि पानबारी सामुदायिक वन उपभोक्ता समितीले सुन कागती प्रदान  गरेको छ । 

समितीले आज  वन कार्यालयमा नै उपभोक्तालाई उक्त सुनकागती वितरण शुरु गरेको छ ।  अध्यक्ष भुपाल राईका अनुसार धनकुटाबाट ल्याइएको उन्नतजातको सुनकागती उपभोक्तालाई वितरण गरिएको हो । उहाँले भन्नु भयो,‘उपभोक्तालाई यस अघि पनि तेजपातको विरुवा र अमिलो सहित वितरण गरिसकेका छौ,आज फेरी धनकुटाको कागती उपभोक्ताको लागि वितरण गरिएको हो,क्रमस अन्य विरुवाहरु पनि वितरण गरिदै जाने छौं । 

k2

उहाँका अनुसार हरेक उपभोक्तालाई बोट विरुवा लगाएर वातावरण स्वच्छ र हराभरा वनाउने अभियानमा बन समिती लागे परेको छ ।

k 3


नेपाली काग्रेस धनकुटाका  जिल्ला सभापति दिनेश राई र सुनसरी क्षेत्र नम्बर १ का सभापति सजेन्द्र तामाङको विशेष पहल  र सहयोगमा उक्त कागती उपभोक्तालाई बितरण गरिएको हो। 

पहल र सहयोगको लागि समन्वयकारी गर्नु हुने दुवैजनालाई पानबारी वन समिती र अध्यक्ष राईको तर्फबाट हार्दिक आभार र धन्यबाद दिनु भएको छ ।     

received_1141121596862398