धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कर्मचारी कल्याण समाजले कर्मचारीहरुको एक बर्ष अघि बृद्धि भएको तलबको माग गर्दै प्रतिष्ठानका कामु उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका छन् । 

प्रतिष्ठानका कामु.उपकुलपति प्राध्यापक डाक्टर प्रल्हाद कार्कीलाई कर्मचारी कल्याण समाजको बैठक बसेर उक्त वृद्धि भएको तलब पाउनु पर्ने माग सहित  ज्ञापन पत्र बुझाएको समाजका अध्यक्ष बविता ढकाल र महासचिव मुकेश कुमार शाहद्धारा बुझाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको  छ। 

उक्त ज्ञापन पत्रमा आर्थिक बर्ष २०७८।७९ मा वृद्धि भएको २ हजार रुपैयाँ तलवमा समायोजन गरि यस आर्थिक वर्ष २०७९।०८० मा वृद्धि भएको १५ प्रतिशत तलब तत्काल उपलव्ध गराउन  माग गरिएको छ  । साथै कर्मचारी कल्याण समाजले प्रतिष्ठानद्धारा २०७९ पौष २० गते प्रकाशित बढुवाको विज्ञापनको अन्र्तबार्ता विभिन्न बहाना गर्दै रोकिएकोमा अन्र्तवार्ता हुन बाँकी सम्पूर्ण कर्मचारीहरुको अन्र्तबार्ताको मिती तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ । 

त्यसै गरि करारमा ३ बर्ष सेवा अवधि पुरा गरेका सम्पुर्ण कर्मचारीहरुलाई तत्काल कामको मुल्याँकनको आधारमा करारमा नियुक्ति गरियोस् भनेर पनि माग गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ,‘हाम्रा मागहरु तत्काल संवोधन नगरिए कडा प्रतिरोधको कार्यक्रम  गरिने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार व्यवस्थापन पक्ष नै हुने पनि उल्लेख छ ।’ 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डाक्टर प्रल्हाद कार्कीले कर्मचारीहरुको मागलाई प्रक्रियामा रहेको बताउनु भएको छ ।