धरान । डेंगु सङ्क्रमणबाट सुनसरी सहित कोशी प्रदेशमा १४ जनाको मृत्यु भएको छ  । प्रदेशभरि २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएको तथ्यांक छ । कोशीको १४ वटै जिल्लामा डेंगु संक्रमण पाइएको छ ।

सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालयका अनुसार सुनसरीमा मात्रै १६ हजारजना सङ्क्रमित भएका छन् ।

मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित पाइएका छन् भने एक जनाको मृत्यु भएको छ । झापामा एक हजार चार सय २० सङ्क्रमित छन् । संक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ ।विशेषगरी गर्मी र बर्खायाममा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु फैलिने गरेको छ । डेंगी रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ ।