धरान।डेङ्गुको माहामारी नियन्त्रणको लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बिशेज्ञ सहितको टोली लिएर लार्भा सर्च एण्ड डिस्ट्रोय साथै स्प्रे अभियान  आजदेखि सुरु गरेको छ । 

FB_IMG_1692938761102

उक्त अभियान धरान–८ स्थित सभागृहबाट सुरु गरेको हो  । नेकपा एमालेका नेता कार्यकर्ता सहभागी भएर नियन्त्रणको अभियान सन्चालन गरेको नेकपा एमाले धरान उपमहानगर कमिटीका सचिव राजेन्द्र राईले वताउनु भयो । उहाँले भन्नु भयो,‘जनचेतना सहित ३ चरणको कार्यक्रम नर्मल स्प्रे,हेभी स्प्रे र फगिङ गर्ने अभियान चलाएका छौं । 

FB_IMG_1692938757968

पार्टी अध्यक्ष हर्कजंग एभेङका अनुसार डेङ्गु नियन्त्रणको अभियानलाई २० वटै वडामा सन्चालन गरिने वताउनु भएको छ । उहाँले भन्नु भयो,‘पार्टीको वडा कमिटीसँग समन्वय गरेर हरेक वडामा डेङ्गु नियन्त्रणको अभियान सन्चालन गर्ने छौ, हामीसँग आधा दर्जन विशेषज्ञ टोली  सहित डेङ्गु नियन्त्रण गर्न खटिएका छौं ।’

FB_IMG_1692938754646

 अभियानमा एमाले कार्यकर्तासँगै निर्वाचित सदस्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, सांसद तथा निवर्तमान सांसदहरुको उपस्थिति रहेको थियाे ।