धरान । धरानमा भइहेको धार्मिक तथा सास्कृतिक विवादप्रति संयम भएर समस्या समाधान गर्न धरानका पूर्व नगर प्रमुखहरुले आग्रह गर्नु भएकाे छ । 
विहिबार पूर्व नगर प्रमुख कुमार बहादुर कार्की,मनोजकुमार मेन्याङबो,तिलक राई तथा पुर्व उपप्रमुख मिनकुमार सुब्बा सहितको उपस्थितीमा सर्वपक्षिय भेला गरि सार्वजनिक अपिल जारी गरिएकाे छ ।

अपिलमा विगत केही समयदेखि धरानमा भईरहेको धार्मिक तथा सास्कृतीक विवादले सबैलाई संबेदनशिल बनाएको भन्दै पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भईरहेका तथा समाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक, असहिष्णु विचार र बहस प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।‘ धरान सास्कृतीक,भाषिक,जातिय तथा भौगोलिक विविधता र विषेशता बोकेको,धार्मिक सहिष्णुता,सास्कृतीक रुपमा बहुलतायुक्त समाज सधै एकबद्ध भएर अगाडी बढेको शहर हो ।समाज भित्रका समुदायहरुमा आफ्नै प्रकारका संस्कृतिक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहदै आएको छ । एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाब खलबलाउने काम यस अघि कहिले भएको छैन ।तसर्थ बर्षौदेखि आपसी सद्भाब,भाइचार तथा एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्र्दय हो,विषेशता पनि हो ।’ अपिलमा भनिएको छ ।

भेलाको निर्णयहरु सार्वजनिक गर्दै अपिलमा ‘ धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा संस्कृतिक विबादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान सकिने भन्दै वार्ता र सम्बादका लागि अनुरोध गरिएको छ । त्यसैगरि धरानको समाजिक सद्भाब कायम राख्न भोली भदौ ८ गते शुक्रबार दिउसो २ बजे नागरिक स्तरबाट सद्भाब ¥याली निकाल्ने र उक्त ¥यालीमा सहभागिताका लागि सबैमा हार्दिक आह्वान गरेको छ ।

FB_IMG_1692897671854