धरान । शहर उन्मुख रहेको धरान उपमहानगरपालिका वडा नम्बर ५ देउरालीमा ३ करोड वढीको लगानीमा शारिरीक व्यायामशालाको आज एक औपचारिक कार्यक्रमवीच उद्घाटन गरिएको छ । 

2 16

नेपाली काँग्रेस महा समिति सदस्य पर्वत राईको प्रमुख आतिथ्यता पुर्व वडाध्यक्ष एवम् काँग्रेस धरान उपमहानगर समिती उप सभापति सन्तोष लिम्वूको लगानीमा उक्त व्यायाम शालाको उद्घाटन गरिएको हो । धरानकै सवैभन्दा सुविधा सम्पन्न र न्युनतम फि तिरेर शारिरीक व्यायाम  गर्न सकिने उक्त व्यायामशालाको नाम लाइफ टाइम फिटनेस रहेको छ । 

3 13

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका महासमिती सदस्य पर्वत राईले पछिल्लो समय मानिसको जनजीवनमा स्वास्थ्य समस्याहरु ीदनानु दिन वढ्दै गएकोले अव हरेकले स्वास्थ्य तन्दुरस्तको लागि पनि शारिरीक व्यायाम आवस्यक भएको वताउनु भएको छ । शहरीया जीवन शैलीको कारण पनि मानवीय स्वास्थ्य दिनानु दिन कमजोर वन्दै गएको र सुगुुर प्रेसर जस्ता जटिल प्रकारका स्वास्थ्य समस्या वढ्दो देखिएकाले अव अत्यन्तै शारिरीक व्यायाम आवस्यक भएको प्रमुख अतिथी राईको भनाई रहेको  छ। 

4 8

उहाँले भन्नु भयो,‘खानपान र जीवन शैलीसँग अव स्वास्थ्य रहन व्यायाम पनि आवस्यक छ,तन्दुरस्त भई दिर्घायु जीवन विताउनु यसरी खोलिएका व्यायामशला उपभोगी हुने निश्चित छ,सन्चालक जस्ले युवाहरुलाई केन्द्रित गरेर व्यायामशाला खोल्नु भयो,धन्यवाद सहित उत्तरोतर प्रगतिको शुभकामना पनि छ।’

5 4

३ करोड भन्दा वढीको लगानी रहेको उक्त व्यायामशालामा जिमको अत्याधुनिक सामाग्री,जुम्वा सहित विभिन्न आवस्यक पर्ने चेन्जिङ रुप लक्कर सहितको व्यवस्था गरिएको सञ्चालक सन्तोष लिम्वुले वताउनु भएको छ । उहाँका अनुसार उक्त व्यायामशाला धरानकै सुविधा सम्पन्न रहेको दावी गरिएको छ भने अव निकट भविष्यमा नै स्वीमिङको व्यवस्था गरिने पनि वताइएको छ । 

6 1

१ कठ्ठा सातधुर जग्गामा २ तले भवनमा सन्चालनमा रहेको उक्त व्यायामशालामा जानेहरुको निम्ति धरान बजारको तुलनामा एकदै न्युनतम रेटमा  सुविधा प्रदान  गरिने वताइएको छ । विहान ४ वजेदेखि साँझ सम्म उक्त व्यायाम शाला खुल्ला गरिने भएको छ ।

7

औपचारिक कार्यक्रम उद्घाटनसत्र विष्णु कुमारी राईको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रमका विशेष अतिथी अग्रज बडिविल्डर्स महेश महर्जन,अमन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

8

कार्यक्रममा लिम्वु संस्कृतिको ढोल झयाम्टा सहित च्याव्रुङ पनि प्रर्दशन गरिएको थियो ।            

9