धरान । बाढी पहिरोका कारण  कोशी प्रदेशको पहाडी जिल्लाका विभिन्न बाटोहरु बन्द रहेको छ । 

सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट माझीटार अमरापुरडाँडा गणेशचोक, कोशी राजमार्गको रानी विराटनगर इटहरी धरान धनकुटा हिले तथा लेघुवाघाट, तुम्लिङटार खाँदबारी नुम किमाथाङ्का सडक खण्ड बन्द भएको हो  ।

यस्तै, बालाजु(त्रिशूली(धुञ्चे(स्याफ्रुबेसी, नाग्मा(जुम्ला सडक, डुम्रे(बेशीसहर र सिद्धार्थ राजमार्गको बेलहिया(भैरहवा(बुटवल(बर्तुङ राम्दी स्याङ्जा–पोखरा सडक खण्ड बन्द रहेको विभागले जनाएको छ । पहिरोका कारण बिहान केहीबेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले भने दुईतर्फी नै सञ्चालन भइरहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक बिहान सात बजेतिर पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । त्यसपछि पहिरो पन्छाएर एकतर्फी सडक खुलाइ गाडी पास गराइएको थियो । यो सडक पहिरोका कारण पटक(पटक बन्द हुँदै आएको छ । प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै आएको छ ।