धरान । डेङ्गु रोग रोकथाम र स्वास्थ्य उपचारको निम्ति धरान उपमहानगरपालिका वडा नम्बर ५ ले पनि स्वास्थ्य शिविर सञ्चालन शुरु गरेको छ । । बुधवार धरान उपमहानगरपालिकाका उप– प्रमुख अइन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा धरान ५ स्थित माथिल्लो देउरालीमा उक्त सेवा शुरु गरिएको हो ।

370488213_1005698807234083_3293082460083344889_n-1536x1152

 उपचार केन्द्रमा बिशेषगरी सामान्य ज्वरो आउने र डेङ्गुका लक्षणहरु सँग मिल्दा जुल्दा देखिएमा ब्लट टेस्ट गर्ने, आबश्यक परामर्श, सिटामोल दबै लगायत बितरण गरिने धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताउनु भएको छ । मेहताका अनुसार यहाँ पारा सिटामोल, जिवनजल निशुल्क उपचार् हुनेछ । यहाँ प्राथमिक उपचार पाइसके पछी मात्र आवश्यकता अनुसार अन्य ठाउमा उपचारमा लगिने छ ।

कार्यक्रमका प्रमुख अतिथी उप( प्रमुख अइन्द्र बिक्रम बेघाले आफुलाई थाहा भए अनुसार यस वडामा एक चरण प्राय सबैलाई डेङ्गु संक्रमण भैसकेको भन्दै भयाबह स्थिती आउन नदिनको लागी प्राथमिक उपचार केन्द्र स्थापना गरेको बताउनु भयो  । उहाले अहिलेको अवस्थामा सबै भन्दा प्रभावकारी भएको सर्च एण्ड डिस्ट्रोय भएकाले सबैले आ आफ्नो घर वरीपरी दैनीक रुपमा सफा गर्नु र पानी जम्न नदिनुनै डेङ्गु रोकथामको  उपाए भएको बताउनु भएको छ ।

करिव ७ हजार जनसंख्या वडा नम्बर ५ मा पहिले नै स्वास्थ्य केन्द्र स्थापना गर्नु पर्ने भएपनी बिभिन्न व्यवस्थापन मिलाउदै गर्दा बल्ल स्थापना गर्न सफल भएकोमा वडाध्यक्ष र वडा समितीलाई धन्यवाद दिनु भएको छ । नगरपालिकामा बिभिन्न सहयोगी संस्थाहरुबाट डेङ्गुका औषधी, किटहरु झुलहरु उपलब्ध भएपनी एकद्वार परणाली द्वारानै अब सबै वडाहरुमा आबश्यक्ता अनुसार बितरण गर्ने तयारी रहेको बताए ।उनले सके सम्म डेङ्गुको चेक यही गर्दै सामान्य उपचार पनि यही गर्न सकिने वातारण मिलाउन आफुले सक्दो पहल गर्ने प्रतिवद्दत्ता जनाउनु भयो  ।

कार्यक्रमका सभापति तथा धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मन प्रशाद लिम्बुले डेङ्गुको महामारी फैलन नदिन वडा र टोल बिकास संस्थाहरु मिलेर काम गरिरहेको बताउनु भयो  । आफुहरुले सर्च एण्ड डिस्ट्रोय अभियान गरेर डेङ्गु मार्ने कार्य निरन्तर गरे पनि सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर डेङ्गु उपचारको प्राथमिक उपचार् केन्द्र स्थापना गरिएको बताउनु भयो ।

साधरण ब्लड प्रेसर चेक् गर्न र डेङ्गु चेक गर्न नजिकैको मेडिकलहरुमा जादा जनताहरुले चर्को मुल्य तिर्नु पर्ने बाध्यतालाई काम गर्न केन्द्र स्थापना गरिएको बताउनु भयो  ।  वडाध्यक्ष लिम्बुले सरकारले स्थापना गरेको प्राथमिक उपचार् केन्द्रमा आएर सेवा लिन सबै वडावासीहरुलाई आग्रह गर्न भएको छ । कार्यक्रममा सम्पूर्ण टोल बिकास संस्थाका अध्यक्षहरु, बिधालयका शिक्षकहरु, स्थानिय जनता समाजसेवीहरुको उपस्थिती रहेको थियो ।