धरान । धरान उपमहानगरपालिकामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुसँग मनोमानी ढंगले जवरजस्ती पूर्वाधार सडक उपभोथ शुल्कको नाममा शुल्क असुली गर्दै आएको पाइएको छ । 

जवरजस्ती शुल्क लिएपछि आज धरानका व्यवसायीहरुले उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई शुल्क असुली खारेजीको माग गर्दै ध्यानाकर्षण वुझाएको छ । व्यवसायीहरुले मेयर साम्पाङलाई जवरजस्ती शुल्क असुली वन्द गर्न माग गर्दै ध्यानाकर्षण गराएका हुन् । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कानुन विपरित जबरजस्ती असुली अविलम्व रोक्न माग गर्दैछौ, अन्यथा उद्योगी व्यवसायीले व्यवसाय वन्द गरेर धरान उपमहानगरपालिकालाई चाबी वुझाउन वाध्य हुने छौ।’ध्यानाकर्षण पत्र वुझाउँदै सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका गिरीधारी सापकोटाले यो शुल्क असुली नरोकिए हामी आन्दोलनमा जान वाध्यकारी हुने छौ, आज पहिलो चरणको कार्यक्रम अन्र्तगत ध्यानाकर्षण पत्र वुझाएका हौ, व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरु भुक्तानी गरी आफ्नो सम्पती लगानी गरेर व्यवसाय गर्दा समेत दैनिक रूपमा अमर्यादित, गुण्डागर्दी एवम जवरजस्ती शैलीमा दैनिक रुपमा सावारी साधनबाट रकम असुली गर्ने कार्य प्रति हाम्रो आपत्ती हो, यो अविलम्व वन्द गरिनु पर्दछ ।’

उपमहानगरपालिकाले केही वर्ष अघि ५१ हजारमा ठेक्का लगाएको र हाल आएर एक करोड भन्दा माथि ठेक्कामा लगाएर ठेकदारले मनोपली गर्दै आएको सापकोटाले वताउनु भएको छ ।  धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान हार्डवेयर व्यवसायी संघ, सुनसरी मुद्रक व्यवसायी संघ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ लगायत ६ वटा संगठनले मेयरलाई ध्यानार्कण सहित अपत्ती जनाएका हुन् । 

धरानका व्यवसायी गोपाल श्रेष्ठले धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवातजावात गर्ने क्रममा व्यवसायीसँग गुण्डागर्दै शैलीमा शुःल्क असुली गरिदै आएकाले हामी व्यवसायी मारको चेपटा छौ, हाम्रो व्यवसाय माथि गरिएको यस्तो व्यबहारले भोली व्यापार व्यवसाय सञ्चालन गर्न नै  समस्या उत्पन्न हुने अवस्था आउँदैछ ।’ उहाँका अनुसार सवारी साधान सानोलाई दैनिक ६५ रुपैया र ठूलालाई  १ सय भन्दा माथि शुल्क असुली गरिदै आएको छ । 

व्यवसायीले नेपाल सरकारले तोकेको मापडण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरु भुक्तानी गरेको दाबी गर्दै स्थानीय सरकारको रुपमा रहेको धरान उप–महानगरपालिकाले सम्बन्धित सबै पक्षलाई बोलाई यस प्रकारका क्रियाकलाप तुरुन्त बन्द गर्न निर्देशन दिइयोस, यसरी जबरजस्ती विभिन्न बहानामा रकम असुली गर्ने कार्य तुरुन्त रोकियोस भन्ने हाम्रो अनुरोध छ ।’ ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । 

ध्यानाकर्षण पत्र वुझ्दै मेयर साम्पाङले संवन्धित पक्षसँग छलफल र सल्लाह गरेर अघि वढ्ने वताउनु भएको छ । उहाँले भन्नु भयो, कानुन र नीतिका कुराहरु भएकाले सम्वन्धित पक्षसँग छलफल गर्ने छौ, माग प्रति सकारात्मक रहेको छु । ’