विराटनगर  / विश्वासको मत लिने क्रममा २०८० भदौ ४ गते कोशी प्रदेश सभाभित्र भएको सत्ता गठबन्धनको नग्न र संविधान विरोधी क्रियाकलापले संसदीय व्यवस्था, त्यसका मूल्य र मान्यता, संविधानको हुर्मत लिने र प्रदेश संरचना एवम् त्यसको औचित्यमाथि गम्भीर प्रश्न उठाएको  नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागले धयानाकर्षण भएको जनाएको छ । 

संविधान, कानून र सम्मानित सर्वोच्च अदालतको २०८० साउन ११ गतेको फैसलाको ठाडो उल्लंघन भएको ठहर गर्दै यस्ता सबैखाले संविधानविरोधी अराजनीतिक क्रियाकलापको प्रतिवाद गर्ने घोषणा र्छौंसमेत विभागले गरेको छ ।

सोमबार र मंगलबार विराटनगरमा भएको दुई दिने योजना तर्जुमा तथा प्रचार कार्यशालाबाट प्रस्ताव तथा संकल्पहरु पारित गदैं प्रतिवादको घोषणा गरेको हो । 

यसै गरि कार्यशालाले केही समययता विभिन्न घटनाहरुमा जोडी मिडिया र सामाजिक सञ्जालमा नेकपा एमाले र एमाले नेतृत्वप्रति फैलाइएका सबैखाले अफवाह र भ्रमको भत्र्सना गर्दै पार्टी र नेतृत्वको जनस्तरमा सकारात्मक छवि निर्माणका लागि सक्रिय हुने जनाएको छ । 

सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा नियोजित रुपमा हुनेगरेका मिथ्या सूचनाको निरुत्साहनका लागि  प्रचार तथा प्रकाशन विभाग  सक्रिय हुने समेत प्रतिवद्धा जनाएको छ । 

कायाृशालाले ११ बुदेँ घोषणा पत्र जारी गदैं  साना लगानीका मिडिया र श्रमजीवी सञ्चारकर्मीको हित प्रवर्धनका लागि सकारात्मक भूमिका निर्वाह गर्ने समेत जनाएको छ । 

यस्तै लामो समयदेखि निर्माणाधीन रहेको जोगबनी–बिराटनगर–किमाथांका सडक निर्माणमा भएको ढिलाई, किमाथांका नाकाको नियमित सञ्चालनमा देखिएको समस्याले भोटखोला निवासी जनताको दैनिक जीवनमा पर्न गएको कठिनाई र आवागमनको समस्यालाई तत्काल समाधानका लागि किमाथांका नाका नियमित खोल्न र सो सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण गर्न नेपाल सरकारसँग मागसमेत गरेको छ । पूर्वपश्चिम हुलाकी राजमार्गको विराटनगर–भद्रपुर खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीको तत्काल अन्त्य गर्न सरकारसँग जारी घोषण पत्रमा भनेको छ । 

 दुई दिने प्रचार भेलाले नयाँ रणनीति बनाएर नेताहरुलाई वडावडामा पठाइएको नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो । कार्याशालामा प्रचार रणनीति, योजना निर्माणलगायतका विषयमा छलफल भएको थियो । प्रचारमा सामाजिक संजाल प्रयोगबारे पनि छलफल भएको बताइएको छ । नेकपा एमाले सचिवालयले औपचारिक कार्याक्रम चुस्त दुरुस्त, छिटोछरिता बनाउन अतिथि आसनग्रहण, मञ्च प्रयोगलाई व्यवस्थित पार्ने निर्णय कोशी प्रदेशबाट सुरु गरेको छ । मञ्जमा अध्यक्ष मात्र बस्ने र बोल्ने बक्ताहरुलाई मात्र अतिथि आसनग्रहण गराएको छ । यो एमाले केन्द्रले बनाएको यो नियमले मञ्जमा नेताकोहरुको भीड र आसनग्रहणका लोभमा अनावश्यक व्यक्तिको कार्यक्रममा प्रवेश कम भएको छ । 

यसै गरि प्रेस चौतारी नेपाल कोशी प्रदेशले पनि मंगलबार भएको प्रथम साधारण सभामा पार्टीले गरेको निर्णय कार्यन्वयन गदैं कार्यक्रम छिटो रछरितो बनाएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको अध्यतामा भएको प्रथम साधारण सभामा पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दै गौतम, स्थायी कमिटी सदस्य तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

ghanashyam khatiwada